गरिबी निवारण कोषले सिन्धुली जिल्लामा विभिन्न कार्यक्रम गर्दै

http://sindhulidarpan.blogspot.com/2013/05/sindhuli_9247.html
अञ्जु तामाङ
सिन्धुली,वैशाख २५ ।
गरिवि निवारण कोषको सहयोगमा दियालो परिवारले जिल्लाका विभिन्न गाविसमा संचालन गरेको भौँतिक पुर्वधार निमार्ण योजनाहरुको उद्घाटन् तथा अनुगमन कार्यक्रम आज सम्पन्न भएको छ । दियालो परिवार नारायणगण चितवनका अध्यक्ष राजेन्द्र पियाको प्रमुख आतिथ्यतामा आयोजनाहरुको उद्घाट्न तथा अनुगमन गरीएको हो । दियालो पारीवारको सहयोगमा निर्मीत महेन्द्रझ्याडी उच्चमाविको ४ कोठे भवन, सोहि गाविसमा निर्माण गरीएको जोर सिमल खानेपानी योजना , भलखडा खानेपानी योजना ,हरिहरपुर गाविसको वडा नम्वर ८ चिसापानीमा निमार्ण सम्पन्न ठेडुवाखोला खानेपानी योजना, गेटखोला काठेपुल योजनाको उद्धघाटन सम्पन्न गरीएको छ ।
कार्यक्रममा दियालो परिवारका अध्यक्ष राजेन्द्र पियाले विभिन्न संघसंस्थावाट निमार्ण गरीने यस्ता योजनाहरुलाई समुदायले आफ्नो ठानी संरक्षण र सम्वर्दन गर्नुपर्नै वताउनु भयो । कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईले ग्रामिण क्षेत्रमा विभिन्न संघसंस्थाले सहयोग लिएर विकासका काममा सक्रिय गराउनुपर्ने भन्दैँ स्थानियको आवश्यक्ता अनुसार अन्य योजना संचालनका लागि दियालो परिवारलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली काग्रेँस सिन्धुलीका उपसभापति खड्ग वहादुर वाईवाले आफ्नो ठाँउमा संचालन भएका विकासको कामलाई प्रभावकारी वनाउनु समुदाय आफै सचेत हुनुपर्नै वताउनु भयो । कार्यक्रममा रेडियो सिन्धुलीगढीका स्टेशन म्यानेजर द्धारिका काफ्लेले भौँतिक पुर्वधारको संरक्षणमा समुदायनै सचेत भएर लागेमा विकास दिर्घकालीन रुपमा उपभोग गर्न सकिने वताउनु भयो । जिल्ला विकास सिन्धुलीका सुदिप केसीले जिल्ला विकास समितिले विभिन्न निकायसंग साझेदारीगर्दै अगाडी वड्ने र जिल्लाको विकासको लागि सधै लागि पर्नै वताउनुभयो ।
कार्यक्रममा दियालो परिवारका कार्यकारी निर्र्देशक केदार नाथ खनालले दियालो परिवार विगत लामो समयदेखी सिन्धुलीका विकासमा क्रियाशिल रहेको वताउदै विभिन्न निकायले गरीदिने विकास योजनालाई सफल पार्ने र समुदायको आश्यक्ता अनुसारको मागलाई सम्वन्धित निकायसम्म पुरया्एर वजेट व्यवस्थागरी अगाडीवड्न तयार रहेको प्रस्ट पार्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !