हेनरी ड्युनाको सम्झनामा सिन्धुलीमा हजीरी जवाफ प्रतियोगीता

अञ्जु तामाङ
सिन्धुली,वैशाख २५ ।


आज विश्व रेडक्रस दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाईटी हर्षाही उपशाखाले हजीरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी हर्षाही उपशाखाका सभापति शान्ती प्रसाद दाहालको सभापतित्व मा भएको कार्यक्रममा उपशाखाले गाविसको विभिन्न वडाका  सर्कल विद्यार्थीविच हाजीरी वजाफ कार्यक्रम गरेको हो । 

शाखाका पुर्व सभापति कुलमणी आचार्यको प्रमुख आतिथ्यतामा भएको प्रतियोगीतामा वडा नम्वर ८ प्रथम,वडा नम्वर २ द्धितिय , वडा नम्वर ३ तृतिय र वडा नम्वर ४ ले सान्त्वना स्थान पुरस्कार प्राप्त गरेको थियो ।  रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्म दिन मे ८ लाइ संसार भर रेडक्रस दिवसको रुपमा मनाइन्छ । यस वर्ष मानविय सेवाको  १ सय ५० वर्ष भन्ने नारा तय गरिएको छ । नेपालमा पनि रेडक्रस स्थापना भएको आज ५० वर्ष पुगेको छ । 

Related

स्थानिय 5114681274169616854

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item