पत्रकारहरुलाई यातायात भाडामा ४५ प्रतिशत छुट


प्रकाश सुन्दास, 
काभ्रे,जेठ ६ ।
काभ्रे मिनिबस सेवा समितिले जिल्लाका पत्रकारहरुलाई गाडीभाडामा ४५ प्रतिशत छुट दिने भएको छ । समितिको ३५ औँ साधारसभाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गाडि भाडामा छुटदिने निर्णय गरेको समितिका अध्यक्ष सुरकृष्ण बैद्यले बताउनुभयो । समितिको निर्णय यहि जेठ २० गतेदेखि कार्यान्वयन हुने र पत्रकारहरुका लागि छुट्टै कार्डको ब्यवस्था लागु गर्ने तयारी भइरहको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेश पौडेलले बताउनुभयो ।

 काभ्रे मिनिबस सेवा समितिका बसहरु पनौती–बनेपा भएर काठमाण्डौसम्म सञ्चालन हुदैँ आइरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रे भएर चल्ने अरनिको, हेलम्बु, हिमाल तराई, रोल्वालिङ लगायतका यातायात सेवा समितिहरुसँग पनि पत्रकारहरुका लागि सहुलियत दिने विषयमा छलफल भइरहेको काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष वैद्यले जानकारी दिनुभयो । 

Related

राष्ट्रिय 3627901345213918441

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item