जनकपुर अञ्चलमा हुने खेलकुदलाई समेटेर क्यालेन्डर सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2013/05/sports-calendar.html
जनकपुर,जेठ ३ ।
खेलकुद तथा सस्कृति विकास कोषले जनकपुर अञ्चलमा हुने विभिन्न खेलकुदका गतिविधिलाई समेटेर तेस्रो खेलकुद क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीको पहिचान समेत उल्लैख गर्दै यी जिल्लामा हुने वार्षिक खेलकुदका गतिविधिलाई समेटेको छ ।

कोषले पत्रकार मार्फत खेलकुदलाई निरन्तरता दिन धनुषा खेलकुद पत्रकार मञ्चलाई ११ थान फुटवल जर्सी हस्तान्तरण गरेको छ । यसैवीच कोषका कार्यक्रम संयोजक महासेठले बैशाख महिना देखि आजीवन प्रत्येक महिना पाँच हजार रुपैया कोषलाई उपलब्ध गर्ने घोषणा गरेका छन । कोषले चाँडै आगामी तिन बर्षिय कार्य योजना सार्वजनीक गर्ने जनाएको छ ।
विगत तिनवर्ष देखि खेलकुद तथा सस्कृति विकास कोषले जनकुपर अञ्चलका खेलकुद गतिविधीलाई पुन विउज्याउने काम गरेको छ, धनुषा खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुरेश यादव वताउछन् । कोषले यो कार्यक्रमलाई निरन्तरता दिए जनकपुरले राष्ट्रका लागि उदयी मान खेलाडी उत्पादन गर्नेमा जनकुरका खेलप्रेमी आशावादी रहेको यादवको बुझाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !