काभ्रेमा एक महिनामा ६५ प्रतिशत आयोजना सम्झौता


प्रकाश सुन्दास,
 काभ्रे,जेठ ३ ।
जिल्ला विकास समिति काभ्रेले सार्वजनिक गरेको आयोजना मध्ये एक महिनामा  ६५ प्रतिशत आयोजना तथा कार्यक्रम सम्झौता भएका छन् । चालु आर्थिक वर्ष २०६९÷७० मा कार्यालयले ५ सय ४० वटा आायोजना तथा कार्याक्रम सार्वजिक गरेको थियो । दुई लाख भन्दा कम रकम विनियोजित सडक, खानेपानी, पुल, मन्दिर निर्माण लगायतका आयोजनाहरु सम्झौता भइरहेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।

 दुई लाख भन्दा बढी रकम विजियोजन गरिएका सडक आयोजनाहरुमा भारी उपकरण गर्नु पर्ने भए लागत अनुमान सहितको सम्झौता गर्नुपर्ने भएकाले ठूला सडकका आयोजना कार्यान्वयनका लागि छुट्टै प्रावधानसहितको निर्देशिका ल्याउने तयारी गरिरहेको जिविसका प्रवक्तासमेत रहनुभएका अधिकृत रेग्मीले बताउनुभयो । यसैबीच जिविसमा आयोजना तथा कार्यक्रम सम्झौता गर्न आउने उपभोक्ताहरुको घुईँचो लागेको छ । जिविसले गएको वैशाख महिनामा आयोजना सम्झौता गर्न गाविस सचिव र उपभोक्ताहरुलाई एक महिनाको समय अवधि तोकेपछि आयोजना सम्झौता गर्ने उपभोक्ताहरुको भिड् लागेको हो । जिविसले तोकेको समय अवधि भोलि सकिदैंछ । 

Related

प्रमूखखबरहरु 6206345394002990405

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item