मजदुर दिवस औपचारिकतामा मात्रै मनाएर हुदैन : कमलजगं राई


सिन्धुली,वैशाख १८ ।

नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईले मजदुर दिवस औपचारिकतामा मनाएर मात्र नहुने हुदा व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । १२४ औं मे दिवसका अवसरमा पेशागत महासंघ सिन्धुली र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिन्धुलीको संयु्क्त आयोजनामा आज सिन्धुलीमाढीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

राईले नेकपा एमाले ट्रेड युनियन अधिकार दिन तयार रहेको बताउँदै संविधानमा आफ्ना अधिकार सुनिश्चित गर्न मजदुरहरुको एकतावद्ध अभियान जरुरी रहेको बताउनुभयो । पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेशागत महासंघका निर्वतमान अध्यक्ष फाल्गुनी शर्मा, होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष वद्रीबहादुर कार्की, अनेमसंघका केन्द्रीय सदस्य रस्मिला देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बिमला पाण्डे, शिक्षक युनियनका उपाध्यक्ष भवानी देवकोटा, रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टिकाबहादुर देवकोटा, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष फणिन्द्र ढुंगेल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निर्माण तथा कृषि मजदुरहरु कृष्णबहादुर मगर र नरिमाया गोर्खालीलाई सम्मान गरिएको थियो भने कार्यक्रममा जिफन्ट सिन्धुलीका अध्यक्ष शिव थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोमप्रसाद काफ्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Related

स्थानिय 2500633669923261871

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item