सिन्धुलीमा ४० प्रतिशत छुटमा सिस्नो प्रशोधन गर्ने मेसिन हस्तान्तरण ।

http://sindhulidarpan.blogspot.com/2013/06/blog-post_2207.html
सिन्धुली ,आषाढ,१3 ।
घरेलु तथा साना उद्योग विकास समितिको उपयुक्त प्रविधि हस्तान्तरण अन्तरगत सिन्धुलीमाढीमा फिकल सिस्नो प्राङगरिक कृषि प्रशोधन उद्योग संञ्चालन गरेबापत महादेवडाडा ८ का महेन्द्र बहादुर सुनुवारलाई सिस्नो प्रशोधन मेसिन हस्तानतरण गरिएको छ । ४९ हजार मुल्य बराबरको मेसिन ४० प्रतिशत छुटमा ३९ हजार ४ सयमा उद्योग प्रवद्र्धन समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले मेसिन हस्तान्तरण गर्नुभएको हो । उद्योग प्रवद्र्धन समन्वय समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारीहरुको बैठकले घरेलु तथा साना उद्योग विकास समितिले चालु आर्थिक वर्षमा गरेको कार्यको पनि समिक्षा गरिएको छ । जिल्लामा उद्योगको प्रवद्र्धन गर्न कोसेली घरको स्थापना गर्ने, क्षेत्रिय औद्योगिक प्रदर्शनी गर्न माग गर्नेलगाएतका निर्णय भएको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीका वरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोसीले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !