लागुऔषधसहित चार जना पक्राउ ।


काठमाडौँ ,आषाढ,१२ 
सिरहामा लागुऔषध कोरेक्ससहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारीका सुरज परियार, कटारीकै मनोज भुजेल, सिरहाको रामनगर मिर्चैयाका सरोज पञ्जियार र सुखिपुरका राजकुमार पञ्यिार रहेकाछन । प्रहरीले उनीहरुको साथबाट १५ थान कोरेक्स बरामद गरेको छ । प्रहरीले सरोजलाई पक्राउ गरेपछि उनैले दिएको जानकारीको आधारमा अन्यलाई पक्राउ गरेको प्रहरलिे जनाएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । लागुऔषध कारोवारमा ६ महिनायता १३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । यस अवधिमा ८६ बोतल कोरेक्स र ७० पत्ता नाइट्रोसन ट्याबलेट बरामद गरेको सुवेदीले बताउनुभयो ।

Related

राष्ट्रिय 4371353596181849956

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item