वाढीले कालिकोटका पाँचसय चौपायाको मृत्यु ।

http://sindhulidarpan.blogspot.com/2013/06/news_115.html
काठमाडौँ ,आषाढ,१२ ।
गएको असार ३ गते राती परेको वर्षाले कालिकोट जिल्लामा ५ सय चौपाया मरेका छन् । जिल्लाको लेख साइट जिउली, त्रिणेणी, मालुवा, बालुवा, क्षेतडी लगाएतका ठाउमा वाढीले भैसि, भेडा, वार्खा, गोरु, गाई लगाएतका गरि ५ सयको हाराहारीमा पुश चौपाया मरेका छन् । असार एक गते वाट निरन्तर परेको पानीले कठ्याङग्रीएर ठुलो संख्याका पसु बस्तु मरेका हुन मर्ने चौपायामा सबै भन्दा वढि भैंसिहरु रहेका छन् । वाढीले सयौ भैसि मागरेको पाटन क्षेत्र पुरै दुरगन्धीत बनेकोे छ । जताततै गाई वस्तु मरेका कारण पाटन दुरगन्धीत भएको स्थानिय वासीन्दाले बताएका छन् । मरेका चौपायाको ब्यबस्थापन गरेर बातावरण सफा गर्न स्थानिय वासिन्दाले सरोकारवाला निकायसंग माग गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !