निर्वाचन आयोगको अभिव्यति र कामप्रति उच्चस्तरीय राजनितिक समितिको आपत्ति ।

http://sindhulidarpan.blogspot.com/2013/06/news_26.html
काठमाडौँ ,आषाढ,१२ ।
आउदो मंसीर ४ गतेका लागि तोकीएको संविधानसभा निर्वाचनको तयारी भन्दा पनि निर्वाचन आयोगका पदाधिकारीले राजनीतिक भाषण गर्दे हिंडेको भन्दै उच्चस्तरीय राजनितिक समितिले आपत्ति जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रतिले विभिन्न कार्यक्रममा नेताहरुले जस्तै भाषण गरेको भन्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले आपत्ति जनाउँदै भोलि आयोगकै पदाधिकारीसंग यसबारेमा छलफल गर्ने निर्णय गरेको फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले जानकारी दिनुभयो । यसैगरी निर्वाचन नजिकिदै जादा आयोगका अनुभवी सचिवको सरुवाप्रति पनि दलहरु असन्तुष्ट देखिएका छन् । आजै बसेको उच्चस्तरीय राजनितिक समितिको बैठकले आन्दोलनरत दलहरुसंग छलफल गरेर सहमति जुटाउने जिम्मा मुख्य तीन नेतालाई दिने निर्णय पनि गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !