सिन्धुलीमा कामै नगरी रकम माग

http://sindhulidarpan.blogspot.com/2013/06/budget_19.html
मिनकुमार दाहाल,
सिन्धुली,असार ५ ।
जलकन्या गाँउ विकास समितीको जयमान पोखरी निर्माण गर्न गाविसले छुट्याएको २ लाख १२ हजार रुपैयाँ स्थानिय उपभोक्ताले कामै नगरी योजना सम्पन्न भएको विल पेश गरेको जिल्ला विकास समितीका लेखा अधिकृत पदमवहादुर कार्कीले वताउनुभयो ।
रकम भुक्तानीको लाखी समितीका पदाधिकारीले दुई पटक भुक्तानीको माग गर्दै जिल्ला विकास आएको लेखा अधिकृत कार्कीले वताउनुभयो । उपोक्ता समितीले काम नगरेको जानकारी पछि सो योजना हेर्न जिल्ला विकास समितीका लेखा अधिकृत सहितको एक टोली मंगलवार चपौलीको जयमान पोखरी पुगेको थियो । कमै नगरी भुक्तानी माग्ने समितीलाई कारवाही गरिने खेता अधिकृत कार्कीले वताउनुभयो ।

जलकन्या गाँउ विकास समितीको खाता जिल्ला विकास समितीका लेखा अधिकृत पदवहादुर कार्की र गाविस सचिव विष्णु भण्डारीको संयुक्त दस्तखतमा संचालित छ । स्थानिय निकायमा निर्वाचित जन प्रतिनिधी नभएको कारण नेपाल सरकारले गाविस सचिव र जिल्ला विकास समितीका अधिकृत कर्मचारीहरुको संयुक्त दस्तखतवाट गाविसको खाता संचालन हुँदै आएको छ ।
जलकन्या गाविसका सचिव विष्णु भण्डारीले गाविसका प्राविधिक सहायक विरन्द्र देवकोटाले काम सम्पन्न भएको प्रतिवेदन दिए पछि जयमान पोखरी निर्माण समितीलाई रकम दिन प्रकृया अगाडी वढाएको वताए । प्राविधिकले हेरेर सिफारिस गरेका होलान भन्ने लाग्यो भण्डारीले भने । कामै नगरी रकम दिन प्राविधिकले सिफारिस गरे छन् झण्डै फसिएन । लेखा अधिकृतले सो योजना हेर्न पठाए पछि मलाई थाहा भयो पोखरीको काम भएको रहेन छ सचिव भण्डारी भन्नुहुन्छ । गाविस प्राविधिक सहायक देवकोटा अनुगमन टोलीको सम्पर्कमा आएनन ।
उपभोक्ता समितीका अध्यक्ष गोपाल विकले पोखरी निर्माणको प्रकृया सुरु नभएको अनुगमन टोलीलाई वताए । विक भन्छन् काम नगरेको योजनालाई सम्पन्न भयो भनेर कस्ले कार्यालयमा कागज पेश गरे मलाई थाहा छैन । लामो समय खाडी मुलुक वसेर आएका विक अहिले रोजगारीको लागी काठमाडौंमा वस्ने गरेका छन् । मलाई उपभोक्ता समितीको अध्यक्षमा राखी दिएका मात्रै हुन । म घर वस्दिन, यो योजनाको वारेमा आफु अनविज्ञ भएको अध्यक्ष विकले वताउनुहुन्छ ।
लेखा अधिकृत कार्कीको अनुगमन टोलीमा जयमान पोखरीमा पुननिर्माणको योजना हेर्न गएका एकिकृत नेकपा माओवादी नेता गणेश वुढाथोकीले उपभोक्ता समितीले पोखरी निर्माणको काम लागी एक चपरी माटो पनि नखनेको वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !