एसएलसी दिएका सिन्धुलीका चार विद्यार्थीको नतिजा गायव


मिनकुमार दाहाल,
सिन्धुली,असार ५ ।
परिक्षा नियन्त्रण कार्यालयले सानोथिमीले प्रकाशन गरेको एसएलसी परिक्षाको नतिजामा सिन्धुलीको एकै विद्यालयका चार जना विद्यार्थीको सिम्वल नम्वर गायव भएको छ । कमलामाई नगरपालीका–१६ को प्रगतिशिल मावी धामीडुरियाका चार जना एक्जाम्टेड विद्यार्थीले एसएसली परिक्षा दिएका थिए । चारै जना विद्यार्थीको सिम्वल नम्वर उत्र्तिण वा अनुर्तिण दुवै थाहा हुन नसकिएको अभिभवकहरुले वताएका छन् । 

एक्जाम्टेड एसएलसी परिक्षामा सहभागी भएका यमकुमारी रायको सिम्वल नम्वर ११९०३० एल , मेनुकाकुमारी चौहानको ११९०६२७ आई ,राजकुमार कार्कीको ११९०६२८ जे र सुजन खड्काको ११९०६२९ के रहेको छ । जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले उनीहरुले परिक्षाको फारम  समयमा नभरेको कारणले गर्दा परिक्षाको नतिजा रोकीएको हुन सक्ने वताउनुभयो ।

Related

स्थानिय 6612816810025163211

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item