जिल्ला कारागार सिन्धुलीमा कैदीवन्दीद्धारा आन्दोलन

http://sindhulidarpan.blogspot.com/2013/06/jailer.html
चिना थापा,सिन्धुली,असार २ ।
सिन्धुली जिल्ला कारागारका कैदीवन्दीहरु विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रेका छन् । आईतवार कारागारको मूलगेट अगाडि शम्भु चौधरी मूल नाईके मुर्दावाद, चौकीदार निरञ्जन खनाल मुर्दावाद, हाम्रो ज्यानको सुरक्षा गर, शोषण गर्न पाईदैन जस्ता नारा लगाएका छन् । विहान ७ वजेदेखि नारा लगाउँदा पनि प्रशासनले वेवास्ता गरेको कैदीवन्दीको गुनासो छ ।

आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले वताएका छन् । नाइके र चौकीदारले शोषण गरेको भन्दै नाइके चौकीदारलाई हटाउनुपर्ने उनीहरुको माग छ । ५ हजारको दाउरा ल्याएर ९ हजार लिे गरेनको, महिनै पिच्छे मेशको कमिशन उठाउने गरेको र मान्छे लगाएर कुठाउने गरेको उनीहरुको आरोप छ । मान्छे लगाएर इन्द्र वहादुर भोलनलाई कुटाएको कैदी राजु दनुवारले जानकारी दिए ।
पटक पटक मान्छे लगाएर कुटाउने प्रयास गरेको भन्दै आफुहरुको ज्यानको सुरक्षा हुनुपर्ने दनुवारले वताए । उनीहरु दुई जनालाई कानुनी कार्वाही हुनुपर्ने उनको भनाई छ । सिन्धुली कारागारमा ८८ जना कैदीवन्दी छन् भने त्यसमा १० जना महिला रहेका छन् । जिल्ला कारागार सिन्धुलीमा यस्ता आन्दोलनहरु अहिले मात्र भएको हैन् ,पटक पटक हुने गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !