एमाले नेता ईश्वर पोखरेलले सिन्धुलीमा यसो भने


चिना थापा,सिन्धुली,जेठ ३१ ।

नेकपा एमालेका महासचिव ईश्वर पोख्रलेले नेकपा माओवादीले निवार्चनको कुरा गरे पनि मनदेदी नै निवार्चनको पक्षमा नरहेको वताए । आज सिन्धुलीमाढी भएको नेकपा एमाले सिन्धुलीले छैठौं जिल्ला अधिवेशन उट्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले चुनावको मिती तोकेपनि चुनाव हुने या नहुनेमा अन्यौल रहेको वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासचिव पोखरेलले संविधान सभाको चुनाव तोकिरहदा विगतका दिनमा संविधानसभा किन विघटन भयो र किन संविधान बनाउन सकिएन भन्ने कुरा जनतालाई प्रष्ट पार्नु पर्ने वताए ।

एनेकपा माओवादीले हिजो जनता लाई अनेकन त्रास र आश देखाएर भ्रम फैलाएको भन्दै त्यो आश अहिले पानीको फोका जस्तै फुटिसकेको वताए ।  उनले निवार्चनमा जानु वाहेक अरु केही विकल्प नभएको वताउँदै निवार्चन स्वच्छ तरिकाले हुनुपर्ने वताए । आईतवारे, शुक्रवारे पार्टी भई भन्दैमा संविधान सभाको निवार्चनमा उठ्न नपाईने उनको धारणा थियो । 

उनले आगामी वन्ने संविधान जनताको र लोकतान्त्रिक संविधान वन्नुपर्ने उनको भनाई थियो । अधिवेशन सफलताको कामना गर्दै पोख्रेलले एमालले पनि कहि कतै कमिकमजोरी गरेको छ भने सच्चीएर अघि बढ्ने दृढ संकल्प गर्नुपर्ने वताए । यो देशलाई सहि बाटोमा लानका लागि नेकपा एमालेको नेतृत्वको खाँचो औल्याउँदै त्यसकालागि सबैले सहयोग गर्नु पर्ने वताए । उनले माओवादीले वाईसियलको नाममा १९ अरव ७५ करोड भ्रष्टाचार गरेको आरोप लगाए । महासचिव पोखरेलले ४ महिनामा विभिन्न पार्टीवाट नेकपा एमालेमा २८ हजार भन्दा वढी प्रवेश गरेको वताउँदै अव हुने संविधान सभाको चुनावमा नेकपा एमालेले वहुमत ल्याउने वताए ।

नयाँ संविधान, राजनैतिक स्थायित्व र आर्थिक विकासका लागि हाम्रो  भियान,यथास्थिति,अराजकता र  विखण्डनका विरुद्ध शसक्त पार्टी निर्माणका लागि छैठौं जिल्ला अधिवेशन भन्ने मूल नाराका साथ सिन्धुलीमाढीमा सुरु भएको एमालेको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा जनकपूर अन्चल इन्चार्ज केशवप्रसाद देवकोटा, राष्ट्रिय प्रतिनीधि परिष्द् केन्द्रिय अध्यक्ष शिद्धिलाल सिंह,राष्ट्रिय प्रतिनीधि परिष्द् केन्द्रिय सल्लाहाकार गोमा देवकोटा, बैकल्पिक केन्द्रिय सदस्य विषमलाल अधिकारी दनुवार, बैकल्पिक केन्द्रिय सदस्य श्रीप्रसाद शाह, वागमती अञ्चल समन्वय समितिका सदस्य कैलास ढुङगेल, जिल्ला कमिटी सदस्य मनोज देवकोटा, नेकपा एमालेका रकमेछाप जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल,, काभ्रे जिल्ला अध्यक्ष गोकुल वास्तोला लगाएतले सिन्धुली अधिवेशन सफलताको शुभाकाना व्यक्त गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई नेकपा एमालेका उपाध्यक्ष लक्षुमण कार्कीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ४० जना भन्दा वढी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मधु गरुङ लगायतका कलाकारहरुद्धारा नृत्य तथा सांगितक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

अधिवेशन सफल पार्नका लागि एमाले निकट हजारौं कार्यकर्ताहरु गाउँ गाउँ बाट आज सिन्धुलीमाढी उत्रिएका थिए भने  भण्डै ६ सय अधिवेशन प्रतिनीधिहरु सिन्धुलीमाढीमा भेला भएका छन् । अधिवेशनको  बन्दसत्र राति ९ वजेदेखि सुरु हुने नेकपा एमाले सिन्धुलीले जनाएको छ ।

Related

स्थानिय 8423542076076617158

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item