यस्तो छ सिन्धुलीको एसएलसी नालिबेली

http://sindhulidarpan.blogspot.com/2013/06/slc_12.html
चिना थापा,
सिन्धुली,जेठ २९ ।
यस वर्षको एसएलसी परीक्षामा सिन्धुलीमा न्यून नतिजा आएको छ । सिन्धुलीमा यो वर्ष ३२.३७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । गएको वर्ष ५९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा यस वर्ष २७.६३ प्रतिशतले कमी आएको छ । जिल्लामा नियमित र ईग्जामटेड गरेर कुल ५ हजार १ सय ८३ जना परीक्षार्थी मध्ये १ हजार ६ सय ७८ जना मात्र उतिर्ण भएका थिए ।
सिन्धुलीमा ८० जना विशिष्ट श्रेणिमा, ५ सय २५ जना प्रथम श्रेणीमा, ९ सय ९६ जना द्वितीय श्रेणीमा र ७६ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै सिन्धुलीमा यो वर्ष ५ वटा विद्यालय निल भएका छन् । यी विद्यालयले परीक्षामा सहभागी मध्ये एक जनापनि उत्तीर्ण भएनन् । १ सय ११ विद्यालयमध्ये ५ विद्यालयले एक जना पनि विद्यार्थी उत्तिर्ण गराउन नसकेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । निल जाने विद्यालयहरुमा वेलघारीको कमला मावि छरछरे, रानीचुरीको मावि टंसार, मावि भिरगाउँ, उमावि गडौली र उमावि कमला ढेङ्ग्रेवासको खुल्ला तर्फको रहेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुईटेलले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीका एउटा सामुदायिक विद्यालय र ६ वटा वोडिङ स्कूल गरी ७ वटाले शतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएका छन् । शतप्रतिशत उर्तिण गराउने विद्यालयहरु देवीस्थान मावि सामुदायिक विद्यालय वालुवा दुम्जा रहेको छ भने वोर्डिङहरुमा भगवती आवासीय वोर्डिङ, सूर्याेदय वोर्डिङ, सिद्धस्थली वोर्डिङ, न्यू सिद्धस्थली वोर्डिङ, विद्याश्रम वोर्डिङ र लिटिल प्लावर वोर्डिङ भिमान रहेका छन् । जिल्ला प्रथम, द्धितृय र तृतिय को भयो भनेर थाहा पाउन नसकिएको लुईटेलले वताउनुभयो । त्यस्तै सिन्धुलीको उमावि लदाभिरबाट एसएलसिमा सहभागी भएका दुईजना दृष्टिविहिनहरु राम औतार मण्डल र राकेश ठाकुर दोश्रो श्रेणीमा उत्तिर्ण हुनुभएको छ । उहाँ क्रमशः ५८ र ५६ प्रतिशत अंक ल्याई उतीर्ण हुनु भएको स्थानीय प्रदिप देवकोटाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले मेहनत नगरेका कारणले सिन्धुलीको नतिजा कम आएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुईटेलले वताउनुभयो । अभिवाकहरुले पनि आफ्ना वालवालिकाहरुलाई वेवास्था गरेको र वालवालिकाको पढाई प्रति जिम्मेवार नभएको उहाँको भनाई छ । विद्यार्थीको तयारी र परिक्षाको वातावरण विद्यार्थीसँग नमिलेकाले गर्दा उर्तिण प्रतिशत कम आएको लुईटेलको धारणा थियो । यस वर्ष देशभरका गरी ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
चिना जी समाचारमा उल्लेख भएजस्तै दुम्जास्थित देवीस्थानले सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएकेा हेा । तर देवीस्थान उच्च मावि हेा । यसलाई सच्चाउनु हेाला । चार वर्षदेखि एसएलसीमा सहभागी सेा विद्यालयले चार वर्षदेखि नै सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएकेा छ । यस वर्ष सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण गराएकेा हेा । सेा विद्यालेका सुदीप भण्डारीले ७९ दशमलव ५ प्रतशित ल्याउनु भएकेा छ । सायद उहाँ नै सामुदायिक तर्फ जिल्ला प्रथम हुनुपर्छ । गत वर्ष पनि सेाही विद्यालयले जिल्ला प्रथम ल्याउन सफल भएकेा थियेा । दीपक
ReplyDelete