जापान सरकारले निर्माण गरेको सिन्धुली धमिले पुल उद्घाटन

http://sindhulidarpan.blogspot.com/2013/06/sindhuli_6635.html
मिनकुमार दाहाल,
सिन्धुली,जेठ २६ ।
रानीचुरी गाँउ विकास समितीको धमिले खोलामा जापान सरकारको सामुदायीक पहुँच सुधार परियोजना अन्तर्गत अनुदान सहयोगमा निर्माण उद्घाटन गरिएको पुल आइतवार उद्घाटन गरिएको छ ।
ग्रामिण क्षेत्र र शहरको आर्थिक असमानता र द्धन्द्धको कारणले रहेको गरिवी हटाउने प्रयास स्वरुप नेपाल सरकार र विभिन्न दातृ निकायहरु द्धारा ग्रामिण क्षेत्रमा सडक संजाल सुधारको लागी जापान सरकारले नेपाललाई सहयोग गरि रहेको छ ।
निर्माणाधीन विपी राजमार्गको आसपास जापान सरकारको अनुदान सहयोगमा शुरु गरिएको सामुदायीक पहुँच सुधार परियोजना अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रका सिन्धपाल्चोक,काभ्रपलान्चोक,रामेछाप,सिन्धुली र महोत्तरी जिल्लाको विभिन्न स्थानमा ३२ वटा पुलनिर्माण कार्य संचालन गरेको छ । परियोजनाले सिन्धुलीमा मात्रै १८ वटा पक्की पुल निर्माण भै रहेको छ ।

धमिले खोलाको पुल उद्घाटन गर्दै दुतावासका प्रथम सेक्रेटरी हासिनोले नेपाल सरकारले जापान सरकारलाई अनुरोध गरे पछि जापानले नेपाललाई सामुदायीक पहँुच परियोजना कार्यक्रममा ९ करोड रुपैयाँ सहयोग गरेको वताउनुभयो ।
सिन्धुलीको पुर्वी भेटलाई सदरमुका जोड्ने सो पुन निर्माण सम्पन्न भए पछि यहाँका कृषकको आर्थिक वृद्धि र गरिवी निवारणलाई सहयोग पु¥याउने परियोजनाको लक्ष रहेको उहाँले वताउनुभयो । धमिले खोलाको पुल जापान नेपाल विचको ऐतिहासिक सम्वन्धको चिनो रुपमा भएको प्रथम सेक्रेटरीको भनाई छ ।
डोलीडारका महानिर्देशक भुपेन्द्रवहादुर वस्नेतले विकास निर्माणको काम निर्माण व्यवसायीहरुले समयमै गर्न नसकेको वताउनुभयो । जति चाडो निर्माण व्यवसायीहरुले काम सम्पन्न गर्छन । त्यतीनै बिकास निर्माणले गतिलिने वस्नेतको भनाई छ ।
जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी ध्र्रुववहादुर खड्काले विकास निर्माणको काममा जापान सरकारले नेपाललाई गरेको सहयोग विर्सि नसक्नु भएको वताए । जाईका नेपालले सिन्धुली जिल्लालाई पुल निर्माणको लागी उच्च प्राथमिकतामा राखेको भन्दै स्थानिय विकास अधिकारीले जाईकाको प्रसम्सा गरे । सो पुल पौने चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।
रानीचुरी गाविसका स्थानिय वासिन्दा राजन कार्कीले सिन्धुलीको पुर्वी भेगलाई धमिले खोलामा निर्माण गरिएको पुलले सदरमुका जोड्न महत्व पुर्ण भुमिका खेल्ने वताउनुभयो ।
first of thanks to japan government.
ReplyDeletehamro gau ghar ko bikas vakoma ma dherai harsit chhu. yasai gari hamro gau thau ma feri feri pani bikas vai sahos vanne aasa gardachhu.