बेलघारीका स्थानीय नदि नियन्त्रणमा

http://sindhulidarpan.blogspot.com/2013/06/blog-post_8.html
कृष्ण अधिकारी,
सिन्धुली, जेठ २६ ।
सिन्धुली बेलघारीका स्थानीयहरु नदि नियन्त्रणमा जुटेका छन् । बर्षाका समयमा लगातारको पानीले स्थानीय खाद्यान्न बालीमा असर पुर्याएपछि उनीहरु नदि नियन्त्रणका लागि जुटेका हुन् ।स्थानीयहरुले हिजोबेलघारी १ झुगाँ र चदाहा खोलाको दोभानमा बाँसको टाटी लगाएका छन् । चदाहाखोला र झुगा, भडार, न्यौपानेटार बेलघारीका किसानहरुको २०० विगाहा भन्दा भढी जग्गामा लगाएको बालीको क्षति हुने भएपछि उनीहरुले यस अभियान थालेका हुन् ।
लामो समयदेखि समस्या झेलीरहेका उनीहरुले पटक–पटक जिल्ला विकास समितिको कार्यलयमा जानकारी गराउँदा पनि बेवास्था गरेको गुनासो गरेका छन् । जिल्ला भूसंरक्षणको कर्यालयले भने बर्षेनी लगभग २० देखि ३० वटा तारजाली बितरण गरिरहेको छ । यस बर्ष कुनैपनि सम्बन्धित निकायले बेवास्था गरेपछि त्यहाका किसानहरु यसपाली बाली भित्र्याउन नपाईने हो की भन्ने चिन्तामा रहेको स्थानीय अशोक अधिकारीले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !