विपी राजमार्गमा यातायात सेवा अवरुद्ध

http://sindhulidarpan.blogspot.com/2013/06/highway.html
सिन्धुली जेठ २४ ।
दुई दिन देखी लगातार परेको वर्षाको कारण विपी राजमार्ग हुँदै सिन्धुली—काठमाडौं चल्ने यातायात सेवा अवरु भएको छ । वर्षाको कारण विहीवार झागाझोली गाविसको धमिले खोला सडक कटान तथा कुशेश्वर गाविसको साँदीमा सडकमा पैरो झरे पछि सडक अवरुद्ध वनेको छ ।
सडक अवरुद्ध भए पछि ओलढुङ्गा,उदयपुर,सोलुखुम्वु,खोटाङ्ग र भोजपुरवाट विपी राजमार्ग हुँदै काठमाडौं जाने यात्रुहरु सडकमा अलपत्र वनेका छन् ।
अवरुद्ध सडक खुलाउन वनेपा वर्दिवास सडक आयोजनाले सडक खुलाउने तयारी गरेको स्थानिय चक्रवहादुर श्रेष्ठले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !