ठूला दलका कारण चुनाव हुदैन गजुरेल

http://sindhulidarpan.blogspot.com/2013/07/news.html
चितवन, २१ असार
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार राजनीतिक शक्तिले चाहेर मात्रै मंसिरमा चुनाव हुन नसक्ने बताएका छन् ।
चितवनको भरतपुरमा आज (शुक्रबार) प्रेमवहादुर पण्डित तथा डम्वरकुमारी पण्डित साहित्य प्रतिष्ठनले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गजुरेलले चार राजनीतिक शक्ति विदेशीको ईसारामा नाचेको आरोप लगाए । उनले विदेशीको ईसारामा मंसिरमा चुनाव हुन नसक्ने बतँए ।‘चार राजनीतिक शक्तिको हेपाहा प्रवृति हाईन् देशका सबै दलहरुको भावनालाई बुझेर मात्रै निर्वाचन हुनसक्छ, उनले भने ।
चार राजनीतिक शक्तिको सिण्डिकेट खारेज हुनु पर्ने, निर्दलीय सरकार विगठन र सर्वदलीय सरकार गठनको गरे मंसिरमै चुनाव हुन सक्ने अन्यथा निर्वाचन नहुने उनले बताए । उनले भने, ‘खिलराज नेतृत्वको सरकार राष्ट्रिय स्वाधिनताको विरोधी छ ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !