तालिम लिएका पूर्वलडाकुहरूलाई विधिवत रूपमा सेनामा समायोजन ।



 काठमाडौँ ,असार  २१ 

१० वर्षे लामो जनयुद्धमा पार्टी विशेषको बन्दुक बोकेर युद्ध लडेका माओवादी लडाकुहरु आजदेखि औपचारिक रूपमा नेपाली सेनामा समायोजन भएका छन् । सात महिने ‘सैन्य आधारभूत तालिम’ पूरा गरेका लडाकुहरुको नुवाकोट विदुरको सैन्य तालिम केन्द्र मैथलीमा अन्तिम दलेल कवाजमा सैन्य कौशल प्रदर्शन गरी विधिवत् रूपमा सेनामा समायोजन भएका हुन् । नुवाकोटको सैन्य तालिम केन्द्रमा चार सय ७९ जना लडाकूहरुले सैन्य तालिम पूरा गरी नेपाली सेनामा प्रवेश गरेका थिए । सैन्य तालिम केन्द्र मैथलीमा आयोजित समारोहमा सैन्य विनय महानिर्देशक उपरथी भिक्टरशमशेर जबराले १० वर्षे द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणका प्रमुख चुनौतीको रुपमा रहेको सेना समायोजनको कामलाई नेपाली सेनाले कुशलतापूर्वक निर्वाह गरेको दावी गर्दै शान्ति प्रक्रियासँग जोडिएका समायोजनको महत्वपूर्ण कामले शान्ति प्रक्रियामा नयाँ अध्यायको सुरुवात भएको बताउनुभयो । कार्यक्रमको निरीक्षणका लागि नुवाकोट आएका सेना समायोजन विशेष समितिका सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेलले नेपालले सेना समायोजन र शान्ति प्रक्रियामा खेलेको भूमिका अन्तर्राष्ट्रियस्तरमा समेत गर्व गर्न लायक भएको बताउँदै शान्ति प्रक्रिया महत्वपूर्ण काम सम्पन्न भएको दाबी गर्नुभयो ।

२०६९ देखि देशका विभिन्न १० स्थानमा लडाकुहरुको सैन्य तालिम हुँदै आएको थियो । आज देशका १० स्थानमै विशेष समारोह आयोजना गरी सैन्य जिम्मेवारी प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।



Related

राष्ट्रिय 6710788586784968914

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item