माओवादी नीति अराजकताको उपज भएको एमाले उपाध्यक्ष गौतमको भनाइ



 काठमाडौँ ,असार  २१ 

नेकपा एकालेका उमाध्यक्ष वामदेव गौतमले चुनाव बहिस्कार गर्ने माओवादीको नीति अराजकताको उपज भएको बताउनुभएको छ । प्रेस क्लब अफ दाङले तुलसीपुरमा गरेको साक्षात्कारमा उपाध्यक्ष गौतमले चुनाव नभए के गर्ने भन्ने विकल्प नभएकाले चुनाव बहिस्कार गर्ने विचार अराजकता भएको बताउनुभएको हो । निर्वाचन भए संविधान बन्ने र संविधान बने सबै समस्या समाधान गर्न सकिने भन्दै नेता गौतमले माओवादीका माग देश र जनताको पक्षमा नरहेको दावी गर्नुभयो । पूर्व गृहमन्त्री गौतमले चार दल बीचको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ खारेज गर्नुपर्ने भन्ने माओवादी माग पूरा भए देश राज्यविहीन अवस्थामा जाने हुँदा माओवादीको माग पूरा हुन नसक्ने बताउनुभयो । नेता गौतमले माओवादी सहभागी नभए पनि निर्वाचन सफल हुने दाबी बताउनुभयो ।

Related

राष्ट्रिय 846342363544690248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item