विमानस्थल निर्माण कार्य तीब्र पारिँदै

http://sindhulidarpan.blogspot.com/2013/07/airport-news.html
बाजुरा,असार २१
बाजुरामा रहेको कोल्टी विमानस्थलको निर्माण कार्यमा तिब्रता दिएको छ । आउँदो मङ्सिरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले निर्माण कार्यमा तिब्रता दिएको हो । गएको वर्ष असोज ७ गतेबाट निर्माण कार्य सुचारु गर्ने गरी सम्झौता गरिएको कोल्टी विमानस्थलको धावनमार्ग कालोपत्रे कार्य मङ्सिरको अन्तिम साताभित्र सम्पन्न गर्ने गरी काम भइरहेको ठकेदार पदम गिरीले बताउनुभएको छ । प्रतिकूल मौसमका कारण काम गर्न समस्या भएको बताउँदै गिरीले मौसमले साथ नदिए भने काम केही ढिला सम्पन्न हुने बताउनुभएको छ । आठ करोड, ११ लाख ६५ हजारको लागतमा एक वर्षको अवधीमा निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको कालिका ग्वाल्बो जेवि प्रालिले गएको वर्ष असोज सात गते सम्झौता गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !