नेकपा एमाले सिन्धुली अहिले पार्टी परिचालन अभियानमा

रमा कार्की, सिन्धुली, जेठ १८ ।
नेकपा एमाले सिन्धुलीको पार्टी परिचालन तथा कार्यकर्ता जारण कार्यक्रम रानिचुरीको सिक्रेमा आज सम्पन्न भएको छ । गाउँ कमिटि अध्यक्ष कर्ण बस्नेतको अध्यक्षता तथा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा पूर्व सभासद् विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टीका गरी करिव डेढ सय जना कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । 

रोक बहादुर थापा मगर,भीम बहादुर मंगराति,खड्गबहादुर बुढाथोकी ओम बहादुर बुढाथोकीको नेतृत्वमा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका प्रदिप कट्टुवाल,खड्ग खत्री , नारायण बराल लगायतले नेकपा एमालेको विचार सिन्द्धान्त तथा यो पार्टीमा प्रवेश गर्नुको औचित्य बारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रम सन्चालन रानिचुरी गाउँ कमिटि सचिव नरेश दाहालले गर्नुभएको थियो । नेकपा एमाले सिन्धुली अहिले पार्टीपरिचालन अभियानका लागि जनताको घरदैलौमा पुगेर विविध कार्यक्रमहरु गर्दै यही जेठ ३१ र असार १ गते हुन गइरहेको पार्टीको जिलला अधिवेशनको पनि प्रचार प्रसारमा जुटिरहेको छ ।

Related

स्थानिय 6028872911873283786

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item