व्यवसायिक खेति बारे सचेतना गोष्ठी सम्पन्न


काजीमान थिङ्ग, सिन्धुली, जेष्ठ १८ ।
आदिवासी जनजातिहरूलाई व्यवसायिक खेति बारे सचेत गराउने उद्देश्यले महादेवस्थान गाविसको वडा नं.–३, चिसापानीमा शनिवार सचेतना गोष्ठी सम्पन्न भएको छ । आदिवासी जनजाति जिल्ला समन्वय समिति, जिल्ला विकास समिति, सिन्धुलीको आर्थिक सहयोग तथा बाबा कृषि सहकारी संस्था महादेवस्थान–२, सिन्धुलीको आयोजनामा सचेतना गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीको उद्घाटन गर्नुहु“दै प्रमुख अतिथि आदिवासी जनजाति जिल्ला समन्वय समिति, जिविस सिन्धुलीका उपाध्यक्ष गम्भीर सिं मोक्तानले परम्परागत खेति प्रणालीबाट आदिवासी जनजाति समुदायको स्तर उत्नति नहुने बताउ“दै अब आय–आर्जन मुलक खेति व्यवसाय अपनाउन आग्रह गरे । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङले आदिवासी जनजातिहरू आधुनिक खेति प्रणाली बारे सचेत नभएकाले परम्परागत खेति प्रणाली अपनाउ“न बाध्य रहेको बताए । उनले अव आदिवासी जनजातिहरू सचेत भएर आधुनिक खेति प्रणाली अपनाउनतर्फ लाग्न आग्रहसमेत गरे । गोष्ठीमा सहजीकरण गर्नुहु“दै जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले जनसंख्याको बृद्धिस“गै उत्पादनका लागी जमिनको क्षेत्र नबढ्ने भएकाले बढी उत्पादनमुखि आधुनिक खेति प्रणाली अपनाएर आय–आर्जन बृद्धि गर्नुपर्नेमा जोड दिए ।
बाबा कृषि सहकारी संस्था महादेवस्थान २ का अध्यक्ष नेत्रबहादुर बोम्जनले किसानले उत्पादन गरेका बस्तुहरूको बजारका लागी सहकारीले व्यवस्था मिलाउने बताए । सहकारीका अध्यक्ष नेत्रबहादुर बोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा सितोरियो करा“तेका अन्तराष्ट्रिय खेलाडी गोपी बोम्जन लगायतले मन्तव्य राखेका थिए ।
गोष्ठीमा महादेवस्थान–२, सुन्खानी र वडा नंं.–३ का ५५ जना आदिवासी जनजातिहरूको सहभागीता रहेको सहकारीले जनाएको छ ।

Related

स्थानिय 5305000635855563001

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item