चन्द्रावति उमावि बेलघारीको ३१औ अभिभावक दिवसको अवसरमा निवृत्त शिक्षक सम्मानित

http://sindhulidarpan.blogspot.com/2013/06/blog-post_9268.html

सिन्धुलीको चन्द्रवती उमावि बेलघारीले आज ३१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
स्थानीय समाज सेवी वयोबृद्ध तथा विद्यालयलाई जग्गादाता जनक कुमारी घिमिरेको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय सिन्धुलीका लेखा अधिकृत बासु साप्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. केशवराज पहाडीले विद्यालयको शैक्षिक गतिविधि, हालको अवस्था र भाविकार्य योजना प्रस्तुत गर्नुभएको थियो भने ६४ लाख ५५ हजार ७ सय १७ रुपैयाबरावरको आय, ५५ लाख १० हजार ८९१ को खर्च बैक बाँकी ९ लाख ४१ हजार ८४७ र नगद बाँकी २ हजार ९८० रुपैया लेखापाल रामहरी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
बेलधारी गाविस सचिव विष्णु भण्डारी, कार्यक्रमा एकिकृत नेकपा माओवादीका कैलास सिदाली, नेपाली काग्रेसका बोधराज पौडेल, एमालेका कुमार सत्याल, नेकपा माओवादीका ताल बहादुर श्रेष्ठ, नेकपा मार्कवादीका चुलबहादुर राना, भवानी उमावि भिमस्थानका प्रअ राम्जी सुवेदी, भाग्यस्वरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबा दाहाल, रेडियो सिन्धुलीगढी तथा चन्द्रावति पूर्व विद्यार्थी समाज बेलघारीका कृष्ण अधिकारी लगायत विभिन्न विद्यालयका प्रतिनिधि तथा समाज सेविहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिकाशं बक्ताहरुले विद्यालयको व्यवस्थापन समितिको चयन, गुणत्मक शिक्षा विद्यालय विकास को बारेमा बोल्नुभएको थियो भने चन्द्रावति पूर्व विद्यार्थी समाजका सदस्य कृष्ण अधिकारीले समाज गठन गरेपस्चात जेहन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आएको समाजले छात्र बृद्धि कोषको स्थापना गर्ने, र अहिले पूर्व विद्यार्थी समाज साधारण सदस्यता तथा आजीवन सदस्यता वितरणमा लागि परेको तथा त्यसबाट विद्यालयको शिक्षा क्षेत्रमा लगानी गर्ने प्रष्ट्याइएको थियो ।
कार्यक्रममा २०२८ साल कार्तिक ७ गते देखि शिक्षा क्षेत्रमा तथा २०५७ साल पौस २७ गते देखि जिल्ला शिक्षा कार्यलय सिन्धुलीमा रहि चन्द्रावति उच्च मा.वि. बेलघारीको श्रोत केन्द्र स्थित श्रोत ब्यक्तिको रुपमा निरन्तर सेवा पु¥याई २०७० साल बैशाख २ गतेबाट सेवामा निवृत शिक्षक भुवन प्रसाद दाहाललाई पूर्व विद्यार्थी समाज र विद्यालयले छुट्टा–छुट्टै रुपमा सम्मानपत्र तथा दोसल्ला उडाएर सम्मान गरियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न सदनमा विभाजन गरी हाजिरी जववाफ प्रतियोगीता, महिला अभिभाव तर्फ म्यूजिकल चियर, पुरुष अभिभावककालागि हण्डिफोर कार्यक्रम, अध्यनरत छात्र–छात्राहरुबाट साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम तथा कक्षामा प्रथम, द्धितिय तथा तृतिय हुने छात्र–छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । उक्त दिवस बैशाख २० गते मनाईदै आएपनि विगत केहि वर्ष यता १२ कक्षाको परिक्षा भएको कारण जेष्ठ २० गते मनाईदै आएकोछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !