स्ववियु चुनावको मिति छिटो तोक्न नेवि सङ्घको माग


काठमाण्डौ,जेठ १९ ।

नेपाल विद्यार्थी सङ्घले स्थगित स्ववियु चुनावको मिति यथाशीघ्र तोक्न माग गर्दै आन्दोलन गर्ने भएको छ । नेवि सङ्घले आन्दोलनका तयारी स्वरुप आज राजधानीमा भेला गर्ने र त्यसपछि दिउँसो ३ बजे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । यसैगरी आपसी विवाद सल्टाउन र चुनावको वातावरण अरू विद्यार्थी सङ्गठनहरूसँगको छलफललाई पनि निरन्तरता दिइने लामिछानेले बताउनुभयो । यही जेठ २३ गतेका तय गरिएको स्ववियु चुनावको मिति विद्यार्थी सङ्गठनहरूबीच फर्जी विद्यार्थी भर्ना अभियानमा प्रतिस्पर्धा चलेपछि त्रिवि प्रशासनले अर्को सूचना जारी नभएकासम्मका लागि भन्दै स्थगित गरेको थियो ।

Related

विविध 3111483974993108936

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item