सिन्धुलीमा एकाहा प्रवचन

मिनकुमार दाहाल,
सिन्धुली,जेठ २३ ।
सिन्धुलको पुरानो झागाझोली गाँउ विकास समितीको मुल्कोटमा २०६८ साल अशोज २६ गते वस दुर्घटनावाट मृत्यु भएका आफ्न्त जनले मृत आत्माको चिरशान्तीको कामना गर्दै जिल्ला अस्पताल सिन्धुली  एकाहा प्रवचन गराएका छन् । निर्माणाधीन विपी राजमार्गको मुल्कोटमा ०६८ साल असोज २६ गते वस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको  थियो । मुल्कोट भएको वस दुर्घटनामा परि मृत्यु भएका कमलामाई नगरपालीका –५ का सन्जीव कार्की तथा ईश्वर पोखरेल सहित ४१ जनाको ज्यान दुर्घटनामा परि गएको थियो । उनीहरुकै नाममा सामुहिक एकाहा लगाएको मृतकका आफन्त उपेन्द्र पोखरेलले वताउनुभयो ।

मृतकहरुको लासलाई पोष्टमार्टम गर्न राखिएको स्थान अस्पताल चौरमा मृतकका परिवारले मृत आत्माको चिरशान्तिको कामना गर्दै एकाहा लगाएका हुन । अस्पताल परिसरमा पन्ध्र जना ब्राम्हणले सामुहिक रुपमा एकाहा वाचन गरेका छन् । केही महिना अघि मृतकका आफन्तले वस दुर्घटना भएको स्थान मुल्कोटमा पुगेर एकाहा लगाएका थिए ।

Related

स्थानिय 6083633242773457172

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item