कमलामाई नगरपालीकामा लक्ष्य भन्दा वढि रकम संकलन

सिन्धुली, साउन २ ।
सिन्धुलीको कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०६९/७० मा आन्तरिक श्रोतवाट ६६ लाख भन्दा वढि रकम संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ६६ लाख ६ हजार ८ सय ८ रुपैयाँ त्रिपन्न पैसा रकम संकलन गरेको छ । विभिन्न शिर्षकमा गरि कार्यालयले सो रकम संकलन गरेको हो । 

आर्थिक वर्ष २०६९/७० मा ५० लाख ४१ हजार १ सय रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा १५ लाख ६५ हजार ७०८ रुपैयाँ अर्थात ३१ प्रतिशत वढी रकम रकम संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६८/२०६९ मा पनि कार्यालयले लक्ष्य भन्दा वढि रकम संकलन गर्न सफल भएको थियो । लक्ष्य भन्दा वढि रकम संकलन हुनुमा सेवाग्राहिको महत्वपूर्ण योगदान रहेको कार्यालयका कर शाखा प्रमुख कुमार थापाको भनाई छ । सेवाग्राहिमा कर तिर्नुपर्छ भन्ने चेतनाको विकास भएको प्रति थापाले खुसि ब्यक्त गर्नुभयो ।

Related

स्थानिय 4655435807534423429

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item