सिन्धुलीमा यस्ता अत्यावश्यक सामाग्री वितरण गरियो

मिनकुमार दाहाल,
सिन्धुली,असार २८ ।
नेपाल रेडक्रश सोसाईटी सिन्धुली तथा विपत व्यवस्थापन समितीले विपत व्यवस्थापन गर्न  आवश्यक पर्ने सामाग्रीहरु प्रहरीलाई हस्तान्तरण गरेको छ । विपत व्यवस्थापन गर्न आवश्यक पर्ने हातेआरा, सावेल, पिग, गल, वन्चरो, हम्मर, रवर ट्युव, वाल्टीन, टंकी र इमरजेन्सी लाईट,लाईफ ज्याकेट सामाग्रीहरु रेडक्रशले प्रहरीलाई हस्तान्तरण गरेको छ । जिल्लाको जोखिम पुर्ण मानिएका क्षेत्रमा रहेका वेलघारी,कपिलाकोट, डकाहा, हर्षाही, खुर्कोट प्रहरी चौकीलाई विपत व्यवस्थापनका लागी प्रयोग हुने सामाग्री हस्तान्तरण गरिएको छ ।

विपत व्यवस्थापन समितीले हस्तान्तरण गरेको सामाग्री वझ्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक सानुराम भट्टराई ले विपत व्यवस्थापन गर्न नेपाल रेडक्रश सोसाईटी तथा विपत व्यवस्थापन समितीले दिएका सामाग्री महत्वपुर्ण हुने वताउनुभयो । 
प्रहरी नायक उपरिक्षक भट्टराईलाई कमलामाई नगरपालीका अधिकृत युवराज आचार्यले विपत व्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

Related

फोटोखबर 6967354170865539930

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item