कमलामाई नगरपालिकाले खरिद ग¥र्यो दमकल

मिनकुमार दाहाल,
सिन्धुली,असार २५ ।
कमलामाई नगरपालीका सिन्धुलीले ६७ लाखमा दमकल खरिद गरेको छ । स्थानिय विकास मन्त्रालयले दमकल खरिद गर्न अनिवार्य भने पछि कमलामाई नगरपालीकाले दमकल खरिद गरेको हो । नेपाल सरकारले सिन्धुली जिल्लाको सदरमुकाम  माढीवजारलाई २०५३ सालमा कमलामाई नगरपालीका घोषणा थियो । नगरपालीकाले विनियोजन गरेको विकास वजेट काटेर दमकल खरिद गरेको छ ।

सुख्खा याममा नगर क्षेत्र भित्र हुने आगलागी नियन्त्रण गर्न दमकल कोसो ढुङ्गा सावित हुने  कमलामाई नगरपालीका कार्यकारी युवराज अधिकृत आचार्यले वताउनुभयो । नगरपालीकाले फागुन महिनामा दमकल खरिद गर्ने निर्णय गरेको थियो  । नगरपालीकाले खरिद गरेको टाटा कम्पनीको दमकलमा ३ हजार ५ सय लिटर पानी अट्ने क्षमताको ट्याङ्की  छ ।
स्थानिय विकास मन्त्रालयले स्वीकृत योजना मध्ये पहिलो प्राथमितामा राखेकोले दमकल खरिद गरिएको कार्यकारी अधिकृत आचार्यले वताउनुभयो । मन्त्रालयले प्रकोपलाई पहिलो प्राथमिकतामा राखेको अधिकृत आचार्यको भनाई छ ।
दमकल खरिद गर्न स्थानिय विकास मन्त्रालयको जगेडा कोषको ६० हजार ३० लाख अनुदान तथा कमलामाई नगरपालीकाको ६ लाख ७० हजार सहित ६७ लाखको लागतमा दमकल खरिद गरिएको कमलामाई नगरपालीका सह लेखापाल राजेन्द्र गजुरेलले वताउनुभयो ।
नगरपालीकाले दमकल खरिद गरेर ज्यादै राम्रो काम गरेको कमलामाई नगरपालीका ४ का सविता कोईराला वताउनुहुन्छ । केहि वर्ष अगाडी कनपा ६ मा ठुलो आगलागी हुँदा  दमकलको  अभावमा आगो नियन्त्रण गर्न सकिएको थिएन् कोइरालाले भन्नुभयो ।

Related

फोटोखबर 2594445442055447158

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item