बत्ती बलेपछि स्थानीयवासी खुशि

रमा कार्की,
सिन्धुली, साउन २ ।

सिन्धुलीको लाम्पानटार १ र ३ नम्बर वडामा हिजोबाट विजुली बलेपछि स्थानीयबासी खुशि भएकाछन् । राष्ट्रिय विद्युत प्रसारण लाईन अन्र्तगत उनीहरुको घर घरमा विद्युत बले पछि उनीहरु खुशि भएका हुन् ।त्यस क्षेत्रमा विद्युत लाइन पुगे पछि आफ्ना छोराछोरीहरुलाई राति पढ्न लेख्न सजिलो हुने र आपूmहरुलाई पनि अन्य काममा सहजता हुने स्थानीय बताउँछन् ।  


जिल्ला विकासको १ लाख ६० हजार, लाम्पान्टार गाविसको १ लाख २० हजार र स्थानीय श्रमदान करिव ४ लाख गरी ६ लाख ८० हजार बराबरको लागतमा विद्युत लाईन त्यस स्थान सम्म पुगेको हो । त्यहाँ विद्युत लाईन पुगेपछि  लाम्पानटार ३ को दगेली, घिमिरे थुम्का, पुङपुङे र वडा नम्बर १ को घाँगेटार गाउँका गरी जम्मा ७९ घरपरिवारमा हिजोबाट झिलिमिली छाएको त्यहाँबाट हाम्रा सहकर्मी एस.पी. गौरबले जानकारी दिनुभयो ।

Related

स्थानिय 5433723586463370957

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item