कमलामाई यातायात समिति सिन्धुलीको नयाँ कार्यसमिति

http://sindhulidarpan.blogspot.com/2013/07/blog-post_2324.html
विधुर पौडेल
सिन्धुली, १२ ।
कमलामाई यातायात समिति सिन्धुलीको यही साउन ५ गते काठमाडौंमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । समितिले सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको अयोजना गरी नयाँ कार्य समिति गठनको घोषणा गरेको हो । साधारण सभाले गणेश सिलवालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष प्रकाश वर्मा,उपाध्यक्ष दिल बहादुर थापा,महासचिव अर्जुन कुमार श्रेष्ठ,कोषाध्यक्ष लबराज देवकोटा,सचिव गणेश पाण्डे र सदस्यहरुमा गोपालदास श्रेष्ठ,पवन बस्नेत र अनुप श्रेष्ठ रहेका छन् ।
कार्यसमति घोषण सभालाई नेपाली कांग्रेशका दिपक मिश्र,एमालेका लोकध्वज थापा,पत्रकार श्यामहरि अधिकारी,सामूदायिक सेवा केन्द्रका राम बहादुर हायुलगायत ले नयाँ कार्य समितिले कार्यसफलता सहित शुभकामना व्यक्त गरेकाछन् । त्यस्तै सिन्धुलीको कमलामाई यातायातले प्रत्येक टिकटबाट दुई रुपैंयाँ संकलन गरेर अनाथ बालबालिकालाई सहयोग गर्ने भएको छ । कमलामाई यातायात सेवा समिति सिन्धुलीको पहिलो अधिवेशनले यस्तो निर्णय गरेको हो ।
अधिबेशनले प्रत्यक टिकटबाट २ रुपैया संकलन गरी अनाथ बालबालिका सहयोग गर्ने तथा कक्षा १२ सम्म उत्कृष्ट नतिजा ल्याउने चालकका छोराछारीलाई प्रोत्साहन स्वरुप छात्रबृत्ती प्रदान गर्ने जनाएको छ । बिग्रिएका शाखा सडकहरुलाई मर्मत सम्भार गर्न पहल गर्ने, सिन्धुलीका विभिन्न स्थानहरुमा साना गाढी संञ्चालन गर्ने, बर्दिबास, सिन्धुली खुर्कोट सडक खण्डमा साना गाडी सञ्चालन गर्न पहल गर्ने पनि निर्णय भएको छ । एउटै यात्रु १० पटक सम्म उक्त समितिको गाडीमा आवत जावत गरेमा एकपटक आवत जावतमा छुट दिने पनि कार्यनीति तय भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !