सिन्धुलीको बालाजोरमा लघु–जलविद्युत आयोजना सम्पन्न

कृष्ण अधिकारी, 
सिन्धुली, साउन १२ ।

सिन्धुलीको बालाजोर गाविसको वडानं १ धाँप गाउँमा ५ किलोवाट क्षमताको लद्यु–जलविद्युत आयोजना सम्पन्न भएको छ । खानी खोला बाट सिँचाइकालागि निर्माण गरिएको धाँप खानिखोला सिचाई कुलो मार्फत आले खोल्सी भन्ने स्थान ४५ मिटर को उचाईबाट पानि खसाली पेल्टीकसेट विद्युत उत्पादन गरिएको हो ।
आयोजनामा बालाजोर गविसबाट ५२ हजार, बैकल्पिक उर्जा प्रवद्धन कार्यक्रम सिन्धुलीबाट दुइलाख ५० हजार, लघु–जलविद्युत केन्द्रिय कार्यलय खुमल्टारबाट ७ लाख ५० हजार, स्थानिय उपभोक्तहरुको  नगद ५ लाख ८६ हाजार ६ सय २५ र जन श्रमदानबाट ३ लाख ८७ हजार ७ साय गरी जम्मा ३० लाख २५ हजार ६ साय २५ को लागिनिमा आयोजना सम्पन्न भएको  हो ।
आयोजना निर्माण पश्चात धाँप गाउँका ८१ घर धुरी र भिमस्थान गाविस ७ जल्जलेका ९ घरपरिवार लाभान्वित भएका छन । आयोजनामा प्रविधिक सहयोग हिमचुली बहु उद्धेश्य कम्पनी बनेपा ५ काभ्रेले गरेको थियो । यस योजनाबाट १०० घर धुरी सम्मलाई विजुली वत्ति उपलब्ध हुने तथा रेडियो, टेलिभिजन, फोन, मोवाइल र कम्प्युटर जस्ता साधन सञ्चालन गरी फाइदा लिन सकिने योजनाका प्रविधिक इन्द्रजित कार्कीले बताउनुभएको चम्पादेवि मा.वि.गडाम्रेका शिक्षक कुलबहादुर थापा मगर ले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 8915760106785625913

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item