सिन्धुलीमा ट्याक्टर व्यवसायीले जिविस घेरे

http://sindhulidarpan.blogspot.com/2013/08/sindhuli_12.html
मिनकुमार दाहाल,
सिन्धुली, साउन २८ ।
खोलामा बालुवा निकाल्न जाँदा स्थानिय समुदायले जथाभावी पैसा असुल्ने गरेको भन्दै ट्याक्टर व्यवसायीहरुले जिल्ला विकास समितीको मुल गेट अगाडी ट्याक्टर राखेर जिविस घेरेका छन् । जिल्ला विकास समितीले ढुङ्गा,गिट्टी र वालुवाको ठेक्का लगाएको खोलाहरुमा स्थानियले जथभावी रकम असुल्ने गरेको उनीहरुले वताए । कमलामाई नगरपालीका–१० मा रहेको कमला मावि करकरेले विद्यालय संचालन भन्दै प्रतिट्याक्टर एक सय रुपैयाँ असुल्ने गरेको छ ।

त्यसै गरी कमलामाई नगरपालीका–७ मा रहेको सामुदायीक वनले प्रतीट्याक्टर ५०,डाडीगुराँसे गाविस–८ मा रहेको मच्छेनी सामुदायीक वन उपभोक्ता समुहले प्रती ट्याक्टर ५० रुपैयाँ असुल्ने गरेको गुनासो जिल्ला विकास समितीमा गरेका छन् । एक टिप वालुवा खोलावाट उठाउँदा पाँच सय सम्म कर तिर्नु पर्ने वाध्यता छ । हामीले कसलाई कर तिर्न पर्ने हो जिल्ला विकास समितीले स्पष्ट पारि दिनु व्यवसायी सोमवहादुर थामीले वताउनुभयो ।
व्यवसायीहरु सवै ठाउमा कर तिर्दै हिड्न सक्दैनन थामीले निमित्ति स्थानिय विकास अधिकारी सुरेन्द्र थापा मगरसँग गुनासो पोख्नुभयो ।
जिल्ला विकास समितीले विभिन्न खोलामा एक कारोड भन्दा वढीमा ढुङ्गा,गिट्ट र वालुवामा ठेक्का लगाएको छ ।
जिल्ला विकास समितीका निमित्त स्थानिय विकास अधिकारी सुरेन्द्र थापामगरले जिल्ला विकास समितीले ठेक्का लगाएका खोलाको ढुङ्गा,गिट्ट र वालुवामा निकाल्दा जिल्ला विकास समिती भन्दा वाहेकहरु कसैले कर लिन नपाउने वताउनुभयो । त्यसका लागी स्थानिय प्रशासनसँग समन्वय गरेर समस्याको समाधान गर्ने थापामगरले व्यवसायीहरुलाई आश्वासन दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !