बौद्ध धर्मावलम्विले ज्ञापन पत्र वुझायो

http://sindhulidarpan.blogspot.com/2013/08/sindhuli_29.html
अञ्जु तामाङ, सिन्धुली, भदौ १३ ।
सुर्खेतको काँक्रेविहाररमा बुद्धको मूर्ति स्थापन गर्ने क्रममा हस्तक्षेप भएको भन्दै आज सिन्धुलीका विभिन्न जातिय संघसस्था, बौद्धधर्मावलम्विहरुले मन्त्री परिषदका अध्यक्ष समक्ष जिल्ला प्रसासन कार्यालय मार्फत ज्ञापन पत्र वुझाएको छ ।
बौद्ध धर्मावलीहरुले २५ सय ५७ औ बुद्धजयन्तीको अवसरकमा भगवान बुद्धको प्रतिमा स्थापना गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरि वुद्धको मुर्ति खोसेर सुर्खेत जिल्ला प्रहरी कार्यालयको सेफ्टी ट्याङ्कीमाथि अपमानित रुपमा बुद्धमुर्तिलाई लडाई राखेको भन्दै आज सिन्धुलीका बौद्धधर्मावलम्विहरुले घोर भत्सना गरेका छन् ।

नेपाल तामाङ घेदुनका केन्द्रिय सचिव काजीमान थिङ, नेपाल आदिवासि जनजाति महासंघ सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिन, नेपाल तामाङ घेदुङ सिन्धुलीका कार्यवाहक अध्यक्ष चेख वहादुर थिङ, नेपाल अहिंसावादी बौद्धधर्म विश्व शान्ति चक्र संघ सिन्धुलीका अध्यक्ष जयमान तामाङ, वोधी श्रवण धर्म संघ सिन्धुलीका अध्यष श्रीकृष्ण घिसिङ, कर्मसाम्तेलीङ गुम्वा सिन्धुलीका अध्यक्ष नवराज घिसिङ, उर्गेन छ्योइलिङ गुम्वा सिन्धुलीका अध्यक्ष छानवहादुर ख्युङ्वा, पेमा छ्योइलिङ सिन्धुलीका अध्यक्ष अम्वर वहादुर लामाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सवै धर्ममाथि राज्यले समान व्यवहारको निति अप्नाई धार्मिक सहिष्णुता र सद्भाव कायम राख्नुपर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र वुझाए पछि कोण सभालाइृ सम्वोधन गर्नुहुदै नेपाल तामाङ घेदुङका केन्दिय सचिव काजीमान थिङले बौद्धधर्मावलम्विहरुको शान्तिपुर्णमाग सम्वोदन नभए सुर्खेत जिल्लावाट सुरुभएको धार्मिक विभेद र दमन विरुद्ध जतिखेर पनि सडकमा उत्रन तयार हुने वताउनुभयोे ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !