चुनावमा अत्याधिक मत लिएर जित्छु: रेखा


काठमाडौं,  भदौ १६ ।

नायिका रेखा थापालाई गृह जिल्ला मोरङले अस्वीकार गरे लगत्तै पर्साले संविधानसभा निर्वाचनका लागि उम्मेद्धार बनाउन सिफारिसमा पारेको छ । होम प्रोडक्सनका अधिकांश फिल्म पर्सामा सुटिङ गर्दै आएकी छन् । उनले ‘रावण’ र ‘काली’ को शुटिङ पर्सामै गरेकी थिईन् । रेखाद्धारा अभिनित अन्य चलचित्र पनि पर्साका विभिन्न स्थानमा शुटिङ गरिएका छन् ।

पार्टीको सिफारिस अनुसार रेखाले पनि क्षेत्र नम्वर एकबाट उम्मेद्धारी दिने सोंच बनाएकी हुन् । नायिका रेखाले पर्साबाट आफूले उम्मेद्धारी दिन तयार रहेको प्रतिक्रिया दिएकी छन् । ‘म पार्टीको निर्देशन अनुसार काम गर्न तयार छु,’ उनले भनिन्, ‘मैले अत्याधिक मत लिएर चुनाव जित्छु ।’ पर्सामा रहेका पार्टीका नेता तथा कार्यकर्ताको माग अनुसार सिफारिस र रोजाईमा आफू परेको रेखाले प्रतिक्रिया दिईन् ।

नायिका रेखा असार पहिलो साता एकीकृत माओवादीमा टीका लगाएर प्रवेश गरेकी थिईन् । उनको ईच्छा मोरङमा उम्मेद्धारी दिने थियो । गृह जिल्लामा एकीकृत माओवादी नेतृत्वले नपत्याए पछि रेखालाई समस्या परेको थियो ।
एकीकृत माओवादीका कार्यकर्ताको माग अनुसार रेखालाई पर्सा क्षेत्र नम्वर एकबाट सिफारिस गरिएको भोजपुरा राज्य समिति संयोजक प्रभु साहले जानकारी दिए ।

Related

मनोरञ्जन 893948638245089370

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item