मासु पसलहरु मापदण्ड विपरित सञ्चालित

रामहरि न्यौपाने, नुवाकोट,जेठ १६ ।

नुवाकोटको त्रिशुली र कोलनीमा रहेका मासु पसलहरुमा केही सुधार आएपनि अझै मापदण्ड अनुसार भने सञ्चालनमा नआएको बजार अनुगमनको क्रममा पाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट जिल्ला पशु सेवा कार्यालय नुवाकोट लगायतको टोलीले ९ वटा मासु पसलहरुमा गरेको बजार अनुगमनको क्रममा अधिकांश पसलेहरुले न्युनतम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको हो ।  

 विदुरको वडा नम्बर १ ढुङ्गेबाट सुरु गरेर विदुरको वडा नम्बर ११ कोलनीसम्म रहेका मासु पसलहरुमा गरिएको अनुगमनमा गएको वर्षको भन्दा यसवर्ष सामान्य सुधार आएपनि व्यवस्थित भने हुन नसकेको पाइएको छ । अनुगमनको क्रममा अधिकांश मासु पसलेहरुले पसलको साइनबोर्ड नराखेको, विभिन्न प्रजातीको मासुको मूल्य फरक फरक रुपमा मूल्य सूचीमा उल्लेख नगरको, मासुको प्रकृति अनुसार छुट्टाछुट्टै नराखेको तथा सरसफाईमा चासो नदिएको पाइएको छ

Related

राष्ट्रिय 3274536301858511491

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item