तेत्तिस प्रतिशत सुरक्षित गर

सिन्धुली, भदौ १६ । 
मंसिर ४ मा हुने संबिधानसभाको दोस्रो निर्वाचनमा महिलाको ३३ प्रतिसत सहभागिताको सुनिश्चितताको माग गर्दे अखिल नेपाल महिला संघ जिल्ला कमिटि सिन्धुलीले आज ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रसासन कार्यालय सिन्धुलीमार्फत साहायक प्रमुख जिल्ला अधिकारी जगन्नाथ शर्मा मार्फत अन्तरिम  मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मिलाई ज्ञापनपत्र बुझाएका हुन् । 

संघकी अध्यक्ष अप्सरा खड्काद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा  मनोनितको संख्यामा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने र संविधानसभामा पनि ३३ प्रतिशत महिला सहभागि गराउनु पर्ने बुँदाहरु उल्लेख गरिइएको छ । 

आसन्न संविधान सभाको दोश्रो निर्वाचनको मिति नजिकिदै गर्दा महिला अधिकार सुनिश्चिताका लागि विभिन्न महिला संघसंगठनहरुले अवाज उठाउदै आएका छन् । विभिन्न मागसहित अनेमसंघले आज देशैभरि जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

Related

प्रमूखखबरहरु 7348990742701432542

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item