'गोलभेडा रोपेर पैसा फलाउदै निर्मला'

http://sindhulidarpan.blogspot.com/2013/10/sindhuli_12.html
मिनकुमार दाहाल, सिन्धुली, असोज २६ ।
मेरो नाम र्निमला गौतम । घर भद्रकाली गाँउ विकास समिती–९ बोहोरे हो । म अहिले ३४ वर्षकी भए । मेरो श्रीमान तिर्थप्रसाद गौतमको २०६९ साल पुस १४ गते मृत्यु भएको थियो । श्रीमानको मृत्यु पछि तिन वच्चा र एक सासुको पालन पोषण गर्ने जिम्मा मेरो काँधमा आयो । कसरी घर व्यवहार चलाउने चिन्तामा म थिए । त्यसै वेला सिन्धुली एकिकृत विकास समाज (सिड्स) नामको गैरसकारी संस्थाले टनेलमा गोलभेडा लगाउने तालिममा वोलायो । मैले ७ दिने तालिम सकेर गोलभेडा लगाउन सुरु गरे । टनेलमा गोभेडा खेती गर्ने सोँच पहिले देखीनै थियो । मेरो सोँच एउटा एनजीओले पु¥यायो ।
मैले पहिलो वर्ष २ वटा टनेल वनाएर गोलभेडा खेती गरे । आम्दानी राम्रो भयो । वर्षको ८० हजार आम्दनी हुँन थाले पछि ममा उत्साह वढ्न थाल्यो । दोस्रो वर्षवाट गोलभेडाको टनेल ६ वटा वनाएर वेमौषमी गोलभेडा खेती गर्न थाले । करिव दुई कठ्ठा खेतमा मैले ६ वटा टनेलमा गोलभेडा खेती गरि रहेको छु । दुई कट्ठा खेतमा वर्षको ५ मुरी धान फल्थ्यो । अहिले वर्षको २ लाख भन्दा वढी रुपैयाँ गोलभेडा वेचेर आम्दानी भएको छ । वेमौषमी भएर होला मेहनत ज्यादै गर्नु पर्ने रहेछ ।
श्रीमान नभएको महिलालाई साहुले पनि ऋण पत्याउदैनन भन्ने सुनेको थिए । गोलभेडा खेती गरेको कारण साहुको दैलोमा ऋण लिन जानु परेको छैन । घर व्यवहार सहज तरिकाले चलाएर वसेको छु । मैले टनेलमा गोलभेडा खेती गरेर राम्रो आम्दानी लिन थाले पछि छर छिमेकीले पनि गोलभेडा खेती गर्न थालेका छन् । अहिले भद्रकाली आउने सवैले गोलभेडाको टनेल हेरेपछि स्वरोजगार वन्ने राम्रो काम भन्दै प्रसंसा गर्न थालेका छन् । म त्यसमा ज्यादै खुसी छु ।
अहिले भद्रकाली गाविसमा निर्मला गौतमलाई अगुवा कृषकको रुपमा चिन्ने गरिन्छ । मेरोे टनेलमा आवश्यक पर्ने विउ,विषादी सिड्स नेपालले निशुल्क उपलव्ध गराएको छ भने मलाई जिल्ला कृषि विकास कार्यालयले आवश्यक तालिम दिएको छ ।
र्सजना र थिम्स जातका गोलभेडा मैले लगाउने गरेको छु । विरुवा उम्रेको ९० दिनमा गोलभेडा फलेर वच्न तयार हुन्छ । वैशाखमा रोपेको गोलभेडा असोजमा वेच्ने गरि फल्छ । अहिले मैले दैनिक ६० देखी ७० केजी सम्म गोलभेडा वेच्ने गरेको छु । घरमै आउने व्यापारीलाई प्रति केजी ५० रुपैँया सम्म दिने गरेको छु । हाईव्रीड भएर होला दैनिक हेरचाह गरेन भने विभिन्न रोगले गोलभेडामा आक्रमण गर्छ ।
कृषकले दुख गरेर उत्पादन गरेको तरकारीवाट व्यापारीले वसी वसी प्रति केजी ३० रुपैयाँमा खाई रहेको छ । कृषकसँग व्यापारीले ५० रुपैयाँमा किनेको गोलभेडा वजारमा ८० रुपैयाँले विक्री गर्ने गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !