सिन्धुलीमा उम्मेदवारी दर्ता


सिन्धुली,असोज १७ । 

 मंसिर ४ गते हुने दोश्रो संविधान सभा निर्वाचनको लागी एनेकपा माओवादी,नेपाली काँग्रेस र एमाले, सहितका उम्मेदवारहरुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

 सिन्धुली क्षेत्र नम्वर एक वाट एमाओवादीका लेखनाथ दाहाल (राजन), नेपाली काँग्रेसका विपीन कोइराला,एमालेका गणेश पहाडीले उम्मेदवारी दर्ता गराएका छन् । 

क्षेत्र नम्वर दुईवाट एकिकृत नेकपा माओवादीवाट गंगानारायण श्रेष्ठ,नेपाली काँग्रेसका मोहन प्रसाद वराल र नेकपा एमाले वाट उमा कोईरालाले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

यसै गरी क्षेत्र नम्वर तिनवाट एमाओवादीका पोलीटव्युरो सदस्य हरिवोल गजुरेल,नेपाली काँग्रेसका खड्गवहादुर वाईवा र नेकपा एमालेवाट कमलजंग राईले उम्मेदवारी दर्ता गराएका छन् ।

सिन्धुलीवाट राप्रपा, नेकपा संयुक्त, संघिय समाजवादी, जनयुनिटी कोपरेटिप, नेपाल सदभावना पार्टी, नेपाल परिवार दल, नेपाल मजदुर किसान पार्टी,नेकपा माले, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल,  चुरेभावर, तराई पहाड हिमाल एकता पार्टी, रिपव्लीक पार्टीको तर्फवाट उम्मेदवार दर्ता गरिएको छ । 

आजै नेकपा एमालेका कार्यकर्ताहरुले दुई नम्वर क्षेत्रमा उमा कोईरालालाई दिएको उम्मेवारी प्रति असन्तुष्टी जनाउँदै पार्टी कार्यालय तोडफोड गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष प्रदिप कटुवालमाथि पनि हातपात गरेका थिए । जनाधार राम्रो भएका नेता खड्ग खत्रीलाई पार्टीले सिफारिस नगरेको भन्दै आक्रोशित कार्यकर्ताले अध्यक्ष कटुवालमाथि हातपात गरेका एमाले नेता चुडामणि श्रेष्ठले जानकारी दिनुभयो ।  

कार्यकर्ताको असन्तुष्टी जनाउन थाले पछि उमा कोईरालाले साडे दश वजे एक्लै निर्वाचन आयोगमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएकी थिईन् ।

 दलका नेताहरुले उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गराई रहेका वेला नेकपा माओवादीका कार्यकर्ताहरुले चार राजनितीक दल र राष्ट्रपतीको पुत्ला दहन गरेका थिए ।

Related

प्रमूखखबरहरु 6269257889105238645

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item