'भोट माग्दाको प्रतिबद्धता पुरा गर्नेछु'


गणेश पहाडी,सिन्धुली क्षेत्र नम्बर १ (एमाले) का विजेता



मलाई सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित गर्नुहुने क्षेत्र एवं जिल्लाबासी मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछु । यस अघी पनी एमालेले यो क्षेत्रमा जितेको थियो र अहिल्य झनै ठुलो मत अन्तरले जनताले जिताएका छन् । नेकपा एमालेको निति र सिद्धान्त राम्रो भएकै कारण देशभर  जनलहर उर्लेको छ ।    

म यसै क्षेत्रमा जन्मे हुर्केको हुदाँ यहाँका समस्या र आवश्यकता वुझेको उम्मेदवार भएकाले मलाई भोट दिई एमाओवादी तथा काँग्रेसका 'टुरिष्ट' उम्मेदवारलाई पराजित गरेका छन् । मलाई भोट दिनुहुने तथा नदिनु हुने सम्पुर्ण क्षेत्रबासी माझ हिजो भोट माग्ने क्रममा मैले धेरै बाँचा र प्रतिवद्धता गरेको थिए ।  

मुख्यत: एक वर्ष भित्र शान्ति र सविंधान निर्माण गर्दै देशलाई नयाँ गती दिन मेरो र हाम्रो पार्टीको मुख्य जिम्मेवारी हुनेछ । दोश्रो प्राथमिकता भनेको विकास निर्माणको काम पनी हो ।

 सडक निर्माण, सिचाई, विद्युतीकरण, नदी नियन्त्रणको क्षेत्रका काम गर्छु भनेर जनता सामु गरेका प्रतिवद्धता अनुरुप काममा लागिपर्नेछु । यसमा मेरो क्षेत्र तथा जिल्लाबासीलाई ढुक्क हुन अनुरोध छ ।

क्षेत्र नम्बर १ का जुझारु र ईमान्दार कार्यकर्तालाई अझ म भुल्न सक्दिन किनभने उहाँहरुले व्यक्तिभन्दा पार्टी ठुलो, एमालेको सिद्धान्त र विचार राम्रो भनेर जनतालाई बुझाउन सक्रिय भएर लाग्नुभएको थियो र सफल हुनुभयो । म सगँको प्रतिस्पर्धामा पराजित हुनुहुने एमाओवादीका राजन दाहाल र नेपाली काँग्रेसका विपिन कोईरालालाई धन्यवाद व्यक्त गदै हामी विच यात्रा र सहकार्य निरन्तर हुन आवश्यक छ भन्न चाहन्छु । 

Related

लेख तथा विचार 3763297766269507705

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item