सिन्धुलीमा यो वर्ष धान वढी फल्यो


मिनकुमार दाहाल, सिन्धुली, मसिंर २२ ।

सिन्धुली जिल्लामा गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा १२ प्रतिशतले वृद्धी भएको छ । जिल्लामा कुल १४ हजार २ सय हेक्टरमा धान खेती गरिएको थियो । ५० हजार ६९४ मेटन धान उत्पादन भएको कृषि विकास कार्यालयका वालीसंरक्षण अधिकृत देवराज अधिकारीले वताउनुभयो ।
 गत बर्ष १४,२०० हे. क्षेत्रफलमा गरिएको धान खेतीबाट ४४ हजार ९१० मेटन धान उत्पादनको थियो । जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीद्धारा जिल्लाको बिभिन्न ठाँउमा गरिएको क्रप कटिङ्गको नतिजा अनुसार जिल्लामा धानको उत्पादन १२ प्रतिशतले बृद्धि रहेको छ । यस बर्ष बर्षाद प्रर्याप्त भएको, उन्नत बीउको प्रयोगमा बृद्धि भएको, मलखादको सहज उपलब्धता रहेको र रोग कीराको प्रकोप कम भएकाले धानको उत्पादनमा बृद्धि भएको वाली संरक्षण अधिकृत अधिकारीले भनाई छ ।

सिन्धुली जिल्लामा कमला खोच, मरिण धान खेती हुने प्रमुख क्षेत्र रहेकाछन् । सिन्धुली जिल्लामा  साबित्री, हर्दिनाथ १, राधा ४, खुमल ४, मकवानपुर १ र स्थानीय जातका धानको खेती भैरहेको छ । यसको अलवा केही कृषकहरुले धानका बर्णशंकर जातहरुको धान खेती गर्ने गरिएको छ  ।
आधुनिक धान खेतीका लागि असल तथा उन्नत बीउको प्रयोग, मलखाद व्यवस्थापन, बाली व्यवस्थापन साथै रोग कीराको व्यवस्थापन गर्ने महत्वपुर्ण हुन्छ ।

Related

प्रमूखखबरहरु 6658234597340248745

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item