सिन्धुलीका दश गाविस शतप्रतिशत साक्षर

मिनकुमार दाहाल, सिन्धुली, मसिंर २७ ।

सिन्धुली जिल्लाका दशवटा गाविस पुर्ण साक्षरता भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार पुर्ण साक्षरता हुने गाविसहरुमा निपाने, महेन्द्रझयाडी, कपिलाकोट, अरुणठाकुर, जिनाखु, भिमस्थान, बालाजोर, ककुरठाकुर, जरायोटार, झागाझोली रातमाटा रहेका छन्।

सरकारी मापदण्ड अनुसार राष्ट्रियभाषा वा मातृभाषा वर्ण अक्षरको पढाइ लेखाइ गर्न सक्ने, नेपाली भाषा तथा मातृ भाषामा लेखिएका मूल्यसुचि पढ्न सक्ने, घर परिवारको नाम उमेर लेख्न सक्ने, मोबाइल तथा क्यालकुलेटरमा अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने, लेनदेनको हरहिसाब गर्न सक्ने, १ देखि सयसम्म गणना गर्न सक्नेलाई पुर्ण साक्षरता भएको व्यक्ति मान्न सकिन्छ।

आर्थिक वर्ष ०७०/०७१ सम्ममा जिल्लाका सबै गाविस र नगरपालिकालाई पूर्ण साक्षर बनाएर सिन्धुली जिल्लालाई पूर्ण साक्षरता प्रतिशत रहेको जिल्ला बनाउने तयारी भैरहेको शिक्षा कार्यालयले जनाएको छ। जिल्लामा एक नगरपालिकासहित ५३ वटा गाविस रहेका छन्। 
नेपाल सरकारले चुनौतीपूर्ण र महत्वकांक्षी योजना अघि सारेको भएपनि त्यसलाई सफल पार्न हरसम्भव प्रयास गरिने जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइँटेलले वताउनुभयो ।

Related

प्रमूखखबरहरु 7175299330999387043

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item