दुर्घटनाका घाईतेको हत्या गर्ने पक्राउ

काभ्रे, पुस ५ । 

सडक दुर्घटना परी घाइते भएकाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बा ९ च २७७९ नम्बरको बलेरो जिपबाट खसी घाइते भएका बुढाखानी ८ का ३८ बर्षे जितबहादुर मोक्तानको हत्या गर्ने जिपका सहचालक सिपाली चिलाउने ८ का रामहरि भन्ने रामप्रसाद मैनाली र चालक मेथिनकोट ८ का ३२ बर्षे प्रकाश भन्ने गणेशबहादुर मैनालीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले वताउनुभयो । 


'दुवै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ' बिसीले  भन्नुभयो , 'अनुसन्धानबाट हत्या जिपका चालक र सहचालक दुवै सम्लग्न भएको देखिएको छ ।'  सहचालक मैनालीले प्रहरीलाई दिएको बयानमा 'सेतो बलेरो जिपको पछाडी बसी यात्रा गरी आउने क्रममा काभ्रे ३ स्थित बि.पि राजमार्ग सडकमा जितबहादुर मोक्तान खसी घाइते थिए ।

सो पश्चात स्थानीय व्यक्तिहरुले घाइतेलाई सोही जिपमा राखी उपचारको लागि पठाएको र आफुहरुले उपचारको लागि भनि घाइतेलाई घटनास्थलवाट लिई आउने क्रममा  पनौती न.पा.वडा नं.१ कुप्सडाडा स्थित कच्ची सडकबाटो मुनि जंगल झाडीमा फालेको' भनि स्वीकारेका छन् । 'मैनालीले दिएको बयान अनुसार त्यहाँ पुगेर हेर्दा शव भेटियो' उहाँले भन्नुभयो, भनेर कान्तिपुरले समाचार छापेको छ ।  

Related

राष्ट्रिय 5218088392526817772

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item