लैङ्गिक हिँसा सम्वन्धी ५ दिने तालिम

http://sindhulidarpan.blogspot.com/2013/12/sindhuli_9734.html
अन्जु तामाङ, सिन्धुली, पुस १ ।
लैङ्गिक हिँसा सम्वन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालीम आज देखी सिन्धुलीमाढीमा सुरुभएको छ । महिला तथा वालवालीका कार्यलयका चन्द्रकला श्रेष्ठले समाजमा भैरहेको लैङ्गिक हिँसा न्यूनिकरण गर्ने उदेश्यले तालीम संचालन गरेको वताउनु भएको थियो ।
सयुक्तराष्ट जनसंख्या कोर्षको सहयोग तथा महिला तथा वालवालिका कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका विभिन्न महिलाका सवालमा काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयका १५ जना महिला तथा पुरुषको सहभागीता रहेको छ ।
तालीमको पहिलो दिन लैङ्गिकता र लिगँको वारेमा जानकारी गराइएको छ । पाँचदिन सम्म संचालन हुने तालीममको सहजीकरण महिला तथा वालवालीकाको सवालमा काम गर्दै आईरहनु भएका माया लोहनी र गाविन्द अधिकारिले गर्नुहुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !