फाईवरको झोला उत्पादन गर्दै सिलामेका महिला

मिनकुमार दाहाल, सिन्धुली, मसिंर २९

 सिन्धुलीको कमलामाई नगरपालिकालाई कालो प्लास्टीक निषेधीत क्षेत्र घोषणा गरे पछि कमलामाई नगरपालिका वडा ४ सिलामेका  स्थानीय महिलाहरु फाईवरको झोलालाई विकल्पको रुपमा ल्याउन थालेका छन् ।

 सिलामेका महिलाहरु जिवन गुजराको ला गि दाउरा वोक्ने, रक्सी वेच्ने जस्ता काम गर्दै आएका थिए । लघु उद्यम विकास कार्यक्रम र घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा श्री सिन्धुलीले फाईवरको झोला वनाउने शिपमुलक तालिम दिए पछि सिलामेका स्थानीय महिलाहरु फाईवको झोला उत्पादन गर्न थालेका हुन ।


कालो प्लास्टीक नगर क्षेत्रमा निषेधीत भए पछि त्यसको विकल्पको रुपमा फाईवरको झोला उत्पादन गर्न महिलाहरु लागी परेका हुन । फाईवरको झोला उत्पादनवाट राम्रो आम्दानी हुने देखे पछि सिलामेका महिलाहरु खुसी देखिन्छन् ।

कम लगानीमा, घरमा नै वसी वसी आम्दानी गर्न सक्ने भएकोले झोला वनाउन महिलाहरु आकर्षित भएका हुन । तालिमकै क्रममा विभिन्न सहरहरुबाट हेर्न  आउने व्यापारिहरुले झोलाको माग गर्न थाले पछि उनीहरु झन उत्साहित भएका छन् ।

फाईवरका झोला (सपीङ व्यग) वढी मात्रमा माग भई रहेको तालिममा सहभागी यमकुमारी श्रेष्ठले वताउनुभयो । सर्लाही, सिन्धुलीका व्यापारीहरु आएर झोला दिनु पर्छ भन्दै अर्डर दिन थालेकाले उनीहरु उत्साहित वनेका छन् । लघु उद्यमको रुपमा विकास गर्न थालेको फाईवरको झोला उत्पादनसँगै माग वढे पछि हामी उत्साही  भएको यमकुमारीको भनाई छ

वजारको समस्या नभएकोले सीप सिकेर लघु उद्यमवाट आत्मनिर्भर वन्न सकिने रहेछ जानुका थापा वताउँनुहुन्छ । थोरै लगानीमा धेरै धेरै झोला उत्पादन गर्न सकिने  सकिन्छ । गृहेणी महिलाहरुलाई घरमा नै वसिवसि गर्न सक्ने काम भएकोले सीपको उपयोग हुने थापाको भनाई छ ।


दैनिक जीवन संचालन गर्न धेरै संघर्ष गर्छन महिला । सबै काममा श्रम अनुसारको पारिश्रम हुँदैन,कामको सम्मान पनि छैन तर फाईवर झोला उत्पादनले जीवन यामपनमा सहजता ल्याउने विश्वासका साथ उमेर ढल्कीए पनि तालिम लिएर उद्योग उद्योगको रुपमा संचालन गर्न लागेको ४२ वर्षिया टिका पुलामी मगर वताउँनुहुन्छ ।

गरिब महिलाहरुको आर्थिक उन्नती र वातावरण सरसफाइको लािग फाईवर झोला अति उत्तम भएकोले फाईवर झोला बनाउने तालिम सञ्चालन गरेको श्री सिन्धुलीको अध्यक्ष संजय दाहाल वताउनुभयो । कमलामाई नगरपलिकालाई कालो प्लास्टी निषेधित क्षेत्र घोषणा गर्न फाईवरको झोला अतिआवश्यक थियो सिलामेका महिलाहरुले बजारको माग अनुसार उत्पादन गर्न सके सिन्धुलीमा सवै खाले प्लाष्टिक निषेध  हुने छ ।

Related

प्रमूखखबरहरु 7363114567627205940

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item