सिन्धुलीमा ढिके नुन अझै लोकप्रिय

मीनकुमार दाहाल, सिन्धुली, मसिंर २९

सिन्धुलीको ग्रामिण वस्तीमा अहिले पनि आयोडीन नभएको ढिके नुनको लोकप्रियता अझै कायम छ ।  सिन्धुलीको अमले,तामाजोर,वस्तीपुर,नेत्रकाली,भद्रकाली,लाम्पानटार, र्सिर्थौली गाँउ विकास समितीमा आयोडीन युक्त आयोनुन भन्दा ढिके नुन वढी प्रयोग भैरहेको छ ।

सिन्धुलीका स्थानिय नुन व्यापारी दिपक अधिकारी ग्रामिण क्षेत्रमा वासोवास गर्ने जनताले अहिले पनि ढिके नुननै राम्रो मान्ने गरेको वताउँ छन् । ग्राहकको माग अनुसारको व्यापार गर्नु हाम्रो धर्म भएको अधिकारीले वताउनुहुन्छ ।

र्सिर्थौली गाँउ विकास समितीका वेदराज दाहालले गाँउमा आयोनुन भन्दा ढिके ननुनै वढी प्रयोग हुने उहाँ भन्नुहुन्छ ।

वुढा वुढीले आयोनुनको स्वाद नमिठो हुने भन्दै खाना मान्दैनन् दाहालले वताए । ढिके नुन घरमा लगे पछि गाई वस्तुलाई पनि दिन मिल्ने भएकोले पनि किसानहरुको रोजाईमा ढिकेनुन परेको दावी दाहालको छ । मेरो घरमा पनि ढिके नुनकै वढी प्रयोग हुने गरेको छ उहाँले वताउनुभयो । आयोडीन युक्त नुन महंगो भएकोले गाई वस्तुलाई किनेर खुवाउन सक्ने हैशियत  सवैमा नभएको उहाँको भनाई छ । आयोडीन युक्त नुन भन्दा ढिकेनुन सस्तो पर्ने भएकोले पनि कृषकहरुले ढिके नुन किनेर ल्यैजाने गरेको पाईन्छ ।

रानीचुरी गाविसका गणेश रत्न गाँउमा आयोनुन भन्दा ढिके नुनको प्रयोग वढी हुने गरेको वताउनुहुन्छ । आयोनुन गाई वस्तु नपाल्ने घरहरु तथा वजार क्षेत्रमा मात्रै प्रयोग हुने गरेको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखासँगै खाली जग्गामा ढिके नुनको गोदाम गरेर स्थानिय व्यापारीले राखेका छन् ।




Related

प्रमूखखबरहरु 5638355873293727360

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item