सिन्धुलीमा भुमिकाको 'प्रिमियम सो'

http://sindhulidarpan.blogspot.com/2013/12/film.html
सिन्धुली, पुस ८ ।
स्थानीय कलाकाराहरुद्धारा अभिनित भुमिका चलचित्रको प्रिमियम सो सिन्धुलीमा सम्पन्न भएको छ । नेशनल वेष्ट रिसर्च भुमी प्रालिको व्यानरमा निर्माण गरिएको सो चलचित्रले साथी संगतले कुलतमा लाग्नेहरुलाई सचेत गराउँने विषयवस्तु रहेको निर्माता राजविक्रम बस्नेतले बताउनु भएको छ ।
सिन्धुली तथा रामेछापका कलाकारहरुले अभिनय गरेको चलचित्र भुमिका सिन्धुलीकै परिवेशमा तयार पारिएको वताईएको छ । चलचित्रको कथा लेखन सुमन आइडु, निर्देशक एकान्त मगर तथा प्रस्तुतकता किरण श्रेष्ठ रहेका छन् भने कलाकारहरु सुमन आइडु , जस्मि मगर, सन्ध्या घतानी , अभिसा तामांग, बद्री थापा लगायत रहेका छन् । आईतवार सम्पन्न चलचित्रको प्रिमियम सोमा कलाकार तथा पत्रकारको सहभागीता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !