रकम हिनामिना भएको पुष्ठी

http://sindhulidarpan.blogspot.com/2013/12/sindhuli_6499.html
सिन्धुली,पुस ८ ।
शान्तेश्वरी गाविसमा रहेको उपस्वास्थ्य चौकीका इन्चार्ज राजदेव दासले महिला स्वास्थ्य स्वयमसेविकाको लागि आएको पोशाक भत्ता बापतको रकम हिनामिना गरेको खुलासा भएको छ ।
शान्तेश्वरी, नेत्रकाली र तामाजोर गाविसका स्वास्थ्य स्वयमसेविकाहरु, स्थानीय र व्यवस्थापन समितिको भेलामा इन्चार्ज दासले आफुले स्वयसेविकाको नाममा आएको करिव ६० हजार रुपैयाँ हिनामिना गरेको स्विकार्दै यही पुस १२ गते सम्ममा फिर्ता गर्ने सहमती गरेका छन । हिनामिना गरेको रकम १२ सम्ममा फिर्ता गर्ने सहमती भएको छ, उपस्वास्थ्य चौकीका अहेव रामध्वज वाईवा वताउनुहुन्छ ।
इन्चार्ज दासले दशै अगाडी नै उक्त रकम निकासा गरी आफुले चालाएको हिजोको भेलामा स्विकार गरेका हुन । प्रहरी चौकीमा भएको भेलामा दास आफैले उपस्थ्यचौकीका व्यवस्थापन समितीका अध्यक्षको रोहवरमा उक्त रकम फिर्ता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको वाईवाले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !