एमाले सिन्धुलीमा आन्तरिक विवाद

http://sindhulidarpan.blogspot.com/2013/12/uml_24.html
मिनकुमार दाहाल, सिन्धुली, पुस ९ ।

चुनाबमा पराजीत उम्मेदवार कोइरालाले नेकपा एमालेका जनकपुर अन्चल ईन्चार्ज केशव देवकोटा, सिन्धुली पार्टी उपाध्यक्ष प्रलाद पोखरेल र विनोद खड्कालले नेपाली काँ
ग्रेसलाई भोट हाल्न कार्यकर्तालाई लगाएको आरोप लगाउनु भएको छ । उनीहरुले आफुसँग पैसा लिएर भोट अन्यपार्टीमा हान्न कार्यकर्तालाई निर्देशन दिएको भन्दै काठमाडौवाट प्रकाशित हुने जनआस्था साप्ताहिकमा अन्तरवार्ता पनि दिनुभएको थियो ।
पैसा खाएको आरोप सहित पत्रिकामा अन्तरवार्ता र तिन जना नेता विरुद्ध पार्टीको केन्द्रीय कार्यालयमा कारवाहीको लागी उजुरी उमा कोईरालाले दिए पछि एमाले सिन्धुलीको वैठकले संविधान सभा निर्वाचनमा पराजीत उम्मेदवार कोईरालाई कारवाही पर्ने निर्णय गरेको छ ।
एमाले जनकपुर अन्चल ईन्चार्ज केशव देवकोटाको उपस्थिती भएको वैठकले उमालाई साधारण सदस्य नरहने गरि कारवाही गर्ने सिफारिस केन्द्रिय कार्यालयलाई गरेको एमालेले जनाएको छ । उमा नेकपा एमालेको जनकपुर अन्चल सदस्य तथा अखिल नेपाल किसान संघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

सिन्धुली क्षेत्र नम्वर दुई नेकपा एमालेको पकट क्षेत्र मानिए पनि पार्टी भित्रको अन्तरघातको कारण आफुले पराज भोग्नु परेको कोईरालाको दावी छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !